कता जाँदैछ समाज

Letang Khabar मंगलबार, आश्विन २३, २०७५

 

बनेपा। दिन दिनै बलात्कारका घटना बढिरहेका समयमा घर तथा विद्यालयबाटै बालबालिकाहरु असुरक्षित हुन थालेको पाइएको छ ।
पछिल्लोपटक जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत शिक्षकले आफ्नै विद्यार्थीहरु माथी जर्बजस्ति करणी गरेको खुलासा भएको छ । कालिका मावि बेथाञ्चोक ४ मा कार्यरत शिक्षक ३१ बर्षिय शिक्षक शंकर पहरीले विद्यालयका छात्राहरुलाई अभद्र ब्यवहार गर्दै जर्बजस्ति करणी गरेको भन्दै्र उजुरी दर्ता भएको छ । उनले कक्षा ५ मा अध्ययनरत एक छात्रालाई असोज १० गते दिउसो कक्षा कोठा भित्रै खाली भएको समयमा जबर्जस्तीको प्रयास गरेका थिए ।
विद्यार्थीले उक्त घटनाका बारेमा अभिभावकलाई भने सँगै उक्त घटना सार्वजनिक भएको थियो । त्यस अघि शिक्षक पहरीले विद्यालयकै अर्की छात्रालाई जर्बजस्ति करणी नै गरेको उजुरी दर्ता भएको छ । विद्यालयमा पुगेको प्रहरी टोलीसँग अन्य केहि छात्राहरुले समेत शिक्षक पहरीले एक वर्ष अघि देखि यौन दुव्र्यवहार गर्ने गरेको र त्यो कुरा भन्यो भने विद्यालयबाट हटाई दिने धम्की दिने गर्दै आएको बताएका छन् ।
विद्यालयका शिक्षकहरुलाई पहरीको बानी जानकारी भए पनि वेवास्ता गरेका कारण उनको मनोबल बढ्दै गएको विद्यार्थी तथा अभिभावकहरुले बताएका छन् । विद्यालयका आज सोहि विषयमा छलफल गर्न बसेको बैठकमा अभिभावकहरुले हस्तक्षेप गर्दै विद्यालयका अन्य शिक्षकहरुलाई समेत कारवाहीको माग गरेका छन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ