वनलाई अर्थमुखी र जनमुखी वनाउदै शान्ति सामुदायिक वन

Letang Khabar मंगलबार, आश्विन २३, २०७५

 

कुमार खड्का

असोज २१ पथरी । हाल नेपालमा २२ हजार २ सय ६६ वटा सामुदायिक वनहरुको गठन भईसकेको वर्तमान अवस्थामा २९ लाख ७ हजार ८ सय ७१ भन्दा बढि घरधुरीका उपभोक्ताहरुलाई संगठित गरि प्राकृतिक स्रोतहरुको संरक्षण र व्यावस्थापनको अभियानमा लागिरहेको सामुदायिक वनहरुको वर्तमान अवस्थालाई मध्यनजर गर्दै वनलाई अर्थमुखी र जनमुखी बनाउनु पर्ने आजको अवश्यक्ता रहेको औल्याईएको छ ।
नेपालको कुल क्षेत्रफलको ३९।६ भू–भागमा रहेको वन अहिले ४४।७६  भू – भागमा फैलिएको एक अध्ययनले देखाएको वर्तमान अवस्थामा सामुदायिक वनको ऐतिहासीक उपलब्धीको रुपमा हेरिएको छ ।
जनतालाई अधिकार समपन्न गर्नका लागि वन ऐन २०४९ र वन नियामावलि २०५१ ले महत्वपुर्ण भुमिका निभाएको छ । राज्य संरचना परिवर्तन सग–सगै वन तथा प्राकृतिक स्रोतहरुको संरचना पनि संघियताको ढाँचा अनुरुपनै बदलिदै गएको देखिन्छ ।
राज्य पुनः संरचना सग–सगै वनलाई अर्थमुखी र जनमुखी वनाउनका लागि सामुदायिक वनले तिन तहकै सरकार सग नितिगत रुपमा सहकार्य गर्नु पर्ने आवश्यता रहेको देखिन्छ ।
सामुदायिक वनमा नितिगत शुसासन,कुसल नेतृत्व,आर्थिक पारदर्शिता र दुरदर्शी भिजनको अति आबश्यक रहेको देखिन्छ । सामुदायिक वनलाई आर्थिक समृद्घिको आधारसग जोड्नका लागि समुहले आर्थिक आय आर्जनका लागि वन पैदावार विक्रिमा मात्र निर्भर नभएर वन ऐन, नियमावलि,मार्गदर्शनको पालना गर्दै वन क्षेत्रभित्र रुखपात नहुने उजाड र सिमसार क्षेत्रभित्र रहेको वनको संरक्षण गरि वैकल्पीक आम्दानिको स्रोतको विकास गराउन सके सामुदायिक वनलाई आर्थिक समृद्घिको आधार वनाउन सकिने सम्भावना वढेर गएको छ ।
जसको ज्वलन्त उदाहरण वन्दै गएको छ शान्ति सामुदायिक वन उपभोक्ता समुह । २०५५ सालमा स्थापना भएको सो सामुदायिक वनले आफ्नो आम्दानिको मुख्य स्रोत वन पैदावारमा मात्र निर्भर नरहेर वन ऐन अनुसारको मार्गदर्शनलाई आत्मसाथ गर्दै घाँसपात जडीवुटि लगाएत वैकलपीक आम्दानिका स्रोतहरुको पहिचान गर्दै वन पैदावारको निर्भरता वाट पर सरेको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा नं। १ मा रहेको सो वनको पुर्वमा हरियालि सामुदायिक वन,पश्चिममा मनकामना,उत्तरमा पथरीशनिश्चरे साझेदारी वन,दक्षिणमा महेन्द« राजमार्ग रहको सो वनले १७८।९२ हेक्टर जमिन ओगटेको छा ।
त्यसमध्येको पनि १६२।९५ हेक्टर भित्रमा जम्मा २०।३१ क्षेत्रफलमा १० वटा कुप वनाई आर्थिक वर्ष ७४÷७५ देखि २०८३÷८४ सम्मका लागि १० वर्षे कार्ययोजना वनाई वैज्ञानिक वन विकास कार्यक्रम प्रणाली अन्तरगत वन संरक्षण र सम्र्वद्घनको कार्य गर्दै आएको छ ।
कुल १२ सय ६९ घरभुरी रहेको सो वनमा ६ हजार ४ सय ८८ उपभोत्तारहेका छन । भने सो वनले ८ जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको छ । २०७१ साल फागुन ४ गते जिल्ला वन कार्यलय मोरङ वाट विधिवत रुपमा हस्तानतरित सो वनले कार्ययोजना संसोधन गरि वैज्ञानिक वन विकास कार्यक्रम लागु गर्दै समुहले वैकल्पीक आम्दानिका लागि सिमसार क्षेत्रको विकास गर्दै शान्ति भुल्के सिमसार क्षेत्र परियोजनाको निर्माण कार्यलाई निरञ्तरता दिदै वनका अध्यक्ष कुल बहादुर गरुङले बताए ।
साथै वनले यसै वर्ष देखी आन्तरिक तथा वाह्य पर्यटकहरुलाई प्रवेश गराउने लक्ष्य लिएको वताउदै गुरुङ भन्छन “ सिमसार भित्र वाल मैत्रि पार्कको निर्माण,प्रवेश द्वार देखि पोखरी सम्म समुहको लोगो सहित रमणिय पार्कको निमार्णका साथै पोखरी सम्मको वाटोलाई इन्टरलक व्लक निर्माण,५ वटा सम्म पोखरी आसपासमा वनभोज टहराको निर्माण,वस्नका लागि आरामदायि चेयरहरुको व्यावस्थापन,जेष्ठ नागरिक हरुलाई सिमसार क्षेत्रभित्र निशुल्क प्रवेशको व्यावस्था जस्ता कार्यहरु गर्दै वनलाई वैकल्पीक आम्दानिको वाटो वनाउनुका साथ–साथै पथरीशनिश्चरेको पर्यटकिय स्थलका रुपमा विकाश गरेर लैजाने योजना रहेको वताउछन् ।”
“सामुदायिक वनको पहिचान संघियतामा समृद्घिको अभियान” भन्ने नाराका साथ स्थापना भएको सो वनले डायिनिया–सिक्टी नाला निर्माणमा सहयोग , गरिवी न्युनिकरण अन्र्तगत ६ जना विध्यार्थीहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान मा ४५ दिनको कृषि तथा भेटेनरी तालिम उपलब्ध गराई रोजगारमुलक बनाएको,सिमसार संरक्षण र वैज्ञानिक वन व्यावस्थापन कार्यको आरम्भ गरि उपभोक्तालाई रोजगारिको अवसर प्रदान ,गरिव उपभोक्ताहरुको घर निर्माणका लागि निशुल्क काठा वितरण,उपभोक्ताको स्वास्थ्य उपचार तथा मृत्यु सस्कारमा आर्थिक सहयोग जस्ता सामाजिक उत्तरदायित्व पनि पुरा गर्दै आएको वनकी सचिव मेनुका राईले वताईन ।
वनले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्दै स्थापना कालको स्मरण सहित आफ्नो ८ औ वार्षिक साधारण सभा पनि शनिवार सम्पन्न गरेको छ ।
स्थानिय शान्ति सामुदायिक वनको सभाहलमा समपन्न ८ औ साधारण सभाले आर्थिक वर्ष ७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समुहका कोषाध्यक्ष तकविर लिम्वुले आय तर्फ ८५ लाख ४५ हजार २९ रुपैया र व्याय तर्फ ८७ लाख १८ हजार ९ सय १३ रुपैयाको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
आर्थिक वर्ष ७५÷७६ मा वन पैदावर विक्रि,अन्य आम्दानि,वन संरक्षण उपभोता,सिमसार क्षेत्र वाट प्राप्त हुने अनुमानित आय ९४ लाख ३२ कायम गरिने अनु्मानित वार्षीक आर्थीक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।
भने कार्यक्रम प्रदेश सभा सांसद कृष्ण कुमारी राईको प्रमुख आथिथ्यता तथा विशिष्ठ अथितिका रुपमा नगर प्रमुख दिलिप कुमार राई र अन्य अथितिहरुमा स्थानिय जनप्रतिनिधि, वनका पदाधिकारी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ