आज देखि जाँते नकाउट फुटबल प्रतियोगिता शुरु

Letang Khabar सोमबार, आश्विन २२, २०७५

 

डम्बर सिन्चिउरी
लेटाङ २१ असोज।उत्तरी मोरङको लेटाङ नौ जाँते स्थित स्थानिय साकेला फुटबल खेल मैदानमा आज देखि प्रथम जाँते नकाउट फुटबल प्रतियोगिता २०७५ शुरु भएको छ।

उक्त प्रतियोगितामा मोरङ भरिका नाम चलेका आठ वटा फुटबल ठिमहरुले भागलिने आयोजक समितिका अध्यक्ष भुवन सिं लिम्बूले वताएका छन्।अध्यक्ष लिम्बूका अनुसार भाग लिने टिमहरुमा आअ उर्लावारी ,दाअबेलबारी,मथअ लक्ष्मिमार्ग,रहेकाछन्। यसै गरि सो प्रतियोगितामा पथरी स्पोर्टिङ क्लव पथरी ,माअ डाँगिहाट ,  लेटाङ ,एकता फुटबल क्लव विराटचौक र आयोजक टिमको समेत सहभागीता रहने वताईएको छ ।

तत्कालिन जाँते गा वि स कै इतिहासमा पहिलो पल्ट आयोजना भएको यस फुटबल खेलको स्थानिय युवा तथा खेलकुद समिति लेटाङ नौ ले आयोजना गरेको हो । खेल आज देखि असोज २८ गते सम्म सन्चालन हुने छ ।
प्रतियोगिता अन्तर्गत उद्घाटन खेलको रुपमा भएको आजको पहिलो खेल आअउर्लावारी र दाअवेलबारी विच भएको थियो । निकै प्रतिस्प्रधात्मक रहेको उक्त खेलमा शून्य को विरुद्ध चार गोलले आअउर्लावारी विजय भएको छ । उक्त खेलमा खेल शुरुभएको २४अौं मिनेटमा उर्लावारिका जर्सि नम्बर १२का जेट्ली राईले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस पछि दोस्रो हाफ को छैटौं मिनेटमा नै वेलवारीका खेलाडि जर्सि नम्वर पाँचका सुनिल पाँचकोटी ले आत्मघाति गोल गगरेर उर्लावारी लाई दोस्रो गोल उपहार दिलाएको थियो ,भने दोस्रो हाफ कै २८ अौ मिनेटमा जर्सि नम्बर नौ का बुद्ध बलले गोल गर्दै आफ्नो टिमलाई तीन सुन्यले अग्रता दिलाएका थिए । यसै गरी इन्जोरी समयको दुई मिनेटमा उर्लावारीका खेलाडि जर्सि नम्बर दुई का सन्जोग राईले चौथो गोल गर्दै आफ्नो टिमलाई विजय गराएकाहुन ।

निकै आकर्षक खेल प्रदर्शन गरेको भए पनि वेलबारीका खेलाडिले खेल अवधिमा कुनै गोल भने गर्न सकेन्न। खेल भव्य र सभ्य भय पनि वेलवारीका खेलाडि पारस अधिकाले पहेँलो कार्ड पाएका थिए । खेलको निर्णायक रास्ट्रिय रेफ्रि माधव लिम्बू रहेका थिए ।
आजको खेलको म्यान अफ् द म्याच वेलवारीका खेलाडि जर्सि नम्बर नौ का शेखर लिम्बुू घोषित गरिएका थिय । सो म्यान अफ् द म्याचका प्राय‍ोजक अद्यक्ष भुवन लिम्बू रहेका थिए । भोलिको खेल पथरी स्पोर्टिङ क्लव र माअ डाँगिहाट विच हुने आयोजकले जनाएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ