क्लब स्तरीय फुटबलको उपाधि सिद्धार्थला‌ई

Letang Khabar बिहिबार, आश्विन १८, २०७५

लेटाङ, मोरङ, असोज १ ७ । धोवी फुटबल क्लब, लेटाङ २ को आयोजना सम्पन्न क्लब स्तरीय ९ ए साइड फुटबल प्रतियोगिताको उपाधि सिद्धार्थ एफसीले जितेको छ । आज सम्पन्न फाइनलमा सिद्धार्थले आयोजक धोवी एफसीलाई ४(० ले पराजित गरेको हो ।

पहिलो हाफमा सरोज राईको गोल मार्फत सिद्धार्थले अग्रता लिएको थियो । दोस्रो हाफमा भुवन राईले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । विनोद लिम्बूले सिद्धार्थको अग्रता ३(० मा पुर्‍याएका थिए । भुवन राईले ब्यक्तिगत दोस्रो गोल गरेपछि निर्धारित समयमा सिद्धार्थले ४(० ले जित हासिल गरेको हो ।

विजेता सिद्धार्थले ट्रफी सहित रु १५,००० तथा उपविजेता धोवीले ट्रफी सहित रु १०,००० प्राप्त गरे । विधागत उत्कृष्ट तर्फ सिद्धार्थका चन्दन मगर उत्कृष्ट गोलकिपर, धोवीका सुमन मगर उत्कृष्ट डिफेन्डर र सिद्धार्थका भुवन राई सर्वाधिक गोलकर्ता ९फरवार्ड ० घोषित भए भने धोवीका प्रदिप राई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

लेटाङका ८ वटा फुटबल क्लबहरुको सहभागीता भएको प्रतियोगिता असोज १० गतेबाट सञ्चालन भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ