दोस्रो भेट्रान्स दसैं कपको उपाधि आयोजक सनराइज भेट्रान्सलाई

Letang Khabar बुधबार, आश्विन १७, २०७५

 

लेटाङ, मोरङ,१६ असोज । सनराइज युनाइटेड क्लब, लेटाङ ३ को आयोजनामा सम्पन्न दोस्रो भेट्रान्स दसैं कपको उपाधि आयोजक सनराइज भेट्रान्सले जितेको छ । मंगलबार सम्पन्न फाइनलमा सनराइज भेट्रान्सले बसन्त भेट्रान्स, जातेलाई १(० गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको आठौं मिनेटमा आयोजकका मनिस तामाङले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई १(० ले उपाधि दिलाएका थिए ।
खेलको म्यान अफ द म्याच सनराइज भेट्रान्स का निर्णायक गोलकर्ता मनिस तामाङ भए ।

विजेता सनराइज भेट्रान्सले ३५ केजीको खसी प्राप्त गर्न सफल भयो भने उपविजेता बसन्त भेट्रान्सले १५ केजी भाले प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलकिपर सनराईज भेट्रान्सका दिलकुमार राई, उत्कृष्ट र सर्वाधिक गोलकर्ता बसन्त भेट्रान्सका सुक ब। राई घोषित भए भने सनराइज भेट्रान्सका अनिल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । असोज ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा लेटाङ नगरपालिकाका ८ वटा भेट्रान्स टिमहरुको सहभागीता थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ