त्रिविको दीक्षान्त फारम अब अनलाइनमा

Letang Khabar मंगलबार, आश्विन ०९, २०७५

काठमाडौ ९ असोज। त्रिभुवन विश्व विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विगत वर्षहरुमा विद्यार्थीहरुले दीक्षान्त समारोहमा भाग लिनको लागि भाद्र महिनामा फारम भर्न आउनु पर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनु पर्ने व्यवस्था थियो । यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुको लागि अनलाइनबाट आवेदन गर्न सक्ने व्यवस्था गरेको छ । यो संगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फारम भर्नुपर्ने र बुझाउनु पर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षहरुमा भाद्र महिनाभर परीक्षा नियन्त्रण कार्यालय परिसरमा फारम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फारम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गर्दथ्यो ।

अब दीक्षान्त समारोहमा सहभागी हुन परीक्षा नियन्त्रण कार्यालय, बल्खु परिसरमा चरणबद्ध लाइनमा बसेर समय व्यतित गर्नुपर्ने समस्याको पनि अन्त्य हुने भएको छ । उपत्यका भित्रबाट र उपत्यकाबाहिर रहने विद्यार्थीहरुले समेत अनलाइनबाट सिधै फारम भरेर नाम दर्ता गर्न सकिने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौ आउँदा हुने सहजता भएको छ ।

यहि आश्विन ३ गते प्रकाशित सूचना अनुसार गत श्रावण ५ गतेको त्रिवि सभा बैठकबाट पारित ५६ औं ग्रेस लिस्टमा समावेश गत शैक्षिक सत्रमा उत्तीर्ण ७३ हजार ९ सय १ जना विद्यार्थीहरुको लागि आगामी पौष महिनामा हुने दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीहरुले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनु भयो । अनलाइन फारम भर्ने म्याद आश्विन ४ गतेदेखि ९सेप्टेम्बर २० तारिख० देखि कार्तिक ७ गते ९अक्टोवर २४ तारिख० सम्म रहेकोछ ।

दीक्षान्तको लागि छुट्टै पोर्टल निर्माण
त्रिवि परीक्षा नियन्त्रण कार्यालय स्रोतले दिएको जानकारी अनुसार दीक्षित हुने विद्यार्थीहरुलाई फारम भर्ने प्रयोजनका लागि छुट्टै वेव पोर्टल निर्माण भएको छ । जुन मोवाइलमा समेत खोल्न सकिने खालको निर्माण गरिएको छ । विद्यार्थीले आफ्नो मोवाइलमा डाटा अन गरेर वा वाइफाइ भएको ठाउँमा इन्टरनेटको माध्यमबाट धधध।तग।नचबमगबतष्यललउ।अयm मा लग इन गरेर आफ्नो विवरणहरु छ चरणमा प्रविष्ट गर्नुपर्ने छ । यो साइटमा गएर विद्यार्थीहरुले आफ्नो मोवाइलबाट समेत अनलाइन फर्म भर्न सक्नेछन् । यसको लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पोट्रेट अनलाइन प्रा।लि।लाई सफ्टवेयर निर्माणको जिम्मेवारी दिएको थियो । उक्त कम्पनीले दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरु समेत लाभान्वित हुन सकुन् भनेर मोवाइलबाट समेत अनलाइन फर्म भर्न मिल्ने गरी मोवाइलफ्रेण्ड्ली सफ्टवेयर निर्माण गरेको प्रबन्धक विजय प्रधानले जानकारी दिए । ६ वटा चरणमा फारम भर्न सकिने उनले जानकारी दिएका छन् ।
इ–सेवाबाटै शुल्क भुक्तानी गर्नुपर्ने
अनलाइन फारम भर्ने विद्यार्थीहरुले अब परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा रहेको ग्लोबल आइएमइ बैंकमा लाइनमा बसेर पैसा बुझाउनु पर्ने र लेखा शाखामा आएर नगदी रसिद लिनुपर्ने झन्झटबाट पनि छुटकारा पाउने भएका छन् । उनीहरुले अनलाइनमा फारम भरी सकेपछि इ–सेवाको माध्यमबाट शुल्क बुझाउन सक्नेछन् । इ–सेवाको खाता हुने विद्यार्थीहरुले सिधै भुक्तानी गर्न सक्नेछन् भने इ–सेवा अन्तरगत खाता नहुने विद्यार्थीहरुलाई टियुको पोर्टल सिस्टमले नै टोकन नम्बर उपलब्ध गराउने छ । विद्यार्थीले उक्त टोकन नम्बर लिएर नजिकैको इ–सेवा प्रदान गर्ने पसलमा गएर तोकिएको दस्तुर तिर्नुपर्नेछ । दस्तुर तिरेको निस्सा विद्यार्थीले तुरुन्तै पाउनेछन् । त्यसपछि त्यहिँबाट विद्यार्थीलाई चार प्रकारको विवरण उपलब्ध हुन्छ । पहिलो, दस्तुर बुझाएको नगदी रसिद, जुन दीक्षान्त समारोहमा भाग लिन जानु अघि परीक्षा नियन्त्रण कार्यालयमा गई रुजु गराएर अफिसियल स्टाम्प लगाएपछि मुल प्रमाण पत्र प्राप्त गर्न आवश्यक हुन्छ । दोस्रो, दीक्षान्त समारोहमा प्रवेश गर्न गेट पास हो, जुन यस अघिका दीक्षान्त समारोहमा प्रवेश पत्रको रुपमा कार्यालयले उपलब्ध गराउँदै आएको थियो । टियु पोर्टलबाट प्राप्त उक्त गेट पास ९सेरमोनि स्लिप० लाई परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा खडा हुने दीक्षान्त हेल्प डेक्समा आएर छाप लगाई प्रमाणित गरेर लैजानु पर्दछ । पहिलो र दोस्रो दुवै रसिदहरु कार्यालयले एकसाथ रुजु गरिदिनेछ । तेस्रो, दीक्षान्त समारोहमा सहभागिताका लागि कार्यालयले प्रदान गर्ने गाउन र स्कार्फ प्राप्त गर्न चाहिने रसिद हो । यो रसिद कार्यालयमा पेश गर्नुपर्नेछ र रसिदको आधारमा कार्यालयले गाउन र स्कार्फ उपलब्ध गराउने छ । तेस्रो रसिदको दुई भाग हुनेछ । पहिलो भाग गाउन लैजाँदा कार्यालयले राख्नेछ र दोस्रो भाग गाउन फिर्ता गर्ने समयमा लिएर आउन पर्नेछ । गाउन फिर्ताको रसिद गाउन फिर्ता भइसकेपछि धरौटी फिर्ता गर्ने प्रयोजनको लागि समेत पेश गर्नुपर्ने हुन्छ । चौथो, विद्यार्थीले शुरुदेखि भरेको परीक्षासम्बन्धी विस्तृत विवरण फारम हुन्छ । जुन विद्यार्थीले आफुले भरेको विवरणमा कुनै त्रुटी छ कि भनेर रुजु गर्न प्राप्त गर्दछन् ।
देशको दुर्गम क्षेत्रमा हुनेलाई बढी फाइदा
भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा रहेका र काठमाडौ आएर दीक्षान्तको फारम भर्न संभव नहुने विद्यार्थीले समेत यो प्रविधिको प्रयोगबाट अब फारम भर्न सक्नेछन् । उनीहरुले अनलाइनबाट फारम भरेर नाम दर्ता गरिसकेपछि सिधै दीक्षान्त समारोहमा भाग लिनका लागि मात्र काठमाडौ आउँदा हुनेछ । भौगोलिक कठिनाइका कारण दीक्षान्त समारोहमा सहभागी हुन नपाएका विद्यार्थीहरुको समेत फारम भरिसकेपछि दीक्षान्त समारोहकै दिन मुल प्रमाणपत्र तयार भइसकेको हुने हुँदा त्यसपछि ती विद्यार्थीहरुलाई मुल प्रमाणपत्र लिन धेरै दिन कुर्नु पर्दैन । विगतमा मुल प्रमाणपत्रको निवेदन पेश गरेको कम्तिमा दुई हप्तादेखि चार हप्तासम्म विद्यार्थीले पर्खनु पर्ने अवस्था रहेको छ । यसरी दीक्षान्त समारोहपश्चात आउने विद्यार्थीहरुले उनीहरुको मुल प्रमाणपत्रका साथै उनीहरुले गाउनको लागि तिरेको धरौटी रकम समेत कार्यालयमा रुजु गराई तत्कालै पाउने छन् । यसबाट विद्यार्थीको समयको बचत हुने देखिन्छ ।
मूल प्रमाणपत्रको शुल्क तोकियो
विद्यार्थीले प्रविणता प्रमाण पत्र तहको मुल प्रमाण पत्र पाउन एक हजार तिर्नुपर्नेछ । स्नातक तहको मुल प्रमाणपत्र दस्तुर २ हजार तोकिएको छ । यस्तैगरी स्नातकोत्तर तहको मुल प्रमाणपत्रको दस्तुर २ हजार ५ सय निर्धारण गरिएको छ भने यसैगरी विद्यावारिधि उपाधिको मुल प्रमाणपत्रको लागि विद्यार्थीहरुले तिर्नुपर्ने शुल्क ३ हजार तोकिएको छ । दीक्षान्त समारोहमा अभिभावक ल्याउन चाहने विद्यार्थीहरुलाई प्रति अभिभावक कार्ड बापत ३ सय शुल्क तोकिएको छ । एक विद्यार्थीले बढिमा दुई जना अभिभावक लिएर आउने व्यवस्था गरिएको छ । यस्तै गाउनको धरौटी रकम एक हजार पाँच सय कायम गरिएको छ भने अनलाईन फारम शुल्क रु। २ सय कायम गरिएको छ । यसरी एक जना विद्यार्थीले दिक्षान्त समारोहको लागि अनलाइनबाट फारम भर्दा स्नातक तहको भए न्यूनतम् ३ हजार ७ सय र अभिभावक ल्याउने भए थप ६ सय शुल्क बुझाउनु पर्ने हुन्छ । यसैगरी स्नातकोत्तरको उपाधि लिने विद्यार्थीले न्यूनतम् ४ हजार २ सय र विद्यावारिधि उपाधि लिनेहरुका लागि न्यूनमत् ४ हजार ७ सय बुझाउनु पर्ने गरी शुल्क निर्धारण भएको छ । यसमा रु। १ हजार ५ सय धरौटी भने विद्यार्थीहरुले दीक्षान्त समारोहपश्चात गाउन कार्यालयमा बुझाएपछि फिर्ता पाउनेछन् ।

दीक्षान्तको साँझ राष्ट्रपति निवासमा डिनर
विगत तीन वर्षदेखि त्रिविको दीक्षान्त समारोहपश्चात राष्ट्रपति निवासमा दीक्षान्त डिनर आयोजना हुने परम्पराको थालनी भएको छ । लामो समयदेखि त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको समापनपश्चात त्यहिँ साँझ ठुलो खर्चमा राजधानीका पाँच तारे होटलमा दीक्षान्त डिनरको आयोजना हुने परम्परा रहँदै आएको थियो । वर्तमान उपकुलपति प्रा।डा। तीर्थराज खनियाको कार्यकाल शुरु भएसंगै त्रिविको आग्रहमा २०७२ सालबाट राष्ट्रपति निवासमा यसको शुरुवात भएको हो । त्रिविले विगत लामो समयदेखि हरेक वर्ष हुने दीक्षान्त समारोहको दिन साँझ आफ्नै खर्चमा डिनर पार्टी गरेर ठुलो खर्च व्यहोर्ने गर्दै आएको थियो ।
प्रत्येक देशको राष्ट्रप्रमुख र सरकार प्रमुखबाट त्यो देशको उच्च स्तरमा रहेका विश्वविद्यालयका कार्यक्रमहरुलाई नजिकबाट हेर्ने र आफ्नो उपस्थिति जनाउने परम्परा छ । त्रिभुवन विश्वविद्यालयकै पूर्व विद्यार्थी समेत रहनुभएकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट त्रिविको यो प्रस्ताव स्वीकार गरी उहाँ राष्ट्रपति भएपश्चात त्रिविको ४१ औं दीक्षान्त समारोहमा प्रमुख अतिथि भई दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभयो । त्यहि साँझ त्रिविको प्रस्तावनामा दीक्षान्त समारोहको रात्री भोज स्वीकार गरी २०७२ मंसीर १६ गते साँझ पहिलो पटक राष्ट्रपतिज्यूको निमन्त्रणामा त्रिवि कुलपति, सहकुलपति, प्रमुख अतिथि, उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र त्रिवि सभाका सभासद्हरु लगायतलाई रात्रीभोजमा सरिक गरिएको थियो ।
त्रिविको अनुरोधमा यो परम्परा कायम गर्दै बयालिसौं र त्रिचालिसौं दीक्षान्त समारोहमा समेत यो कार्यक्रमले निरन्तरता पाएको छ । त्रिविले गरेको अनुरोधलाई राष्ट्रपतिज्यूबाट सकारात्मक रुपमा लिई स्वीकार गर्दा त्रिविको गरिमा बढेको छ ।
राष्ट्रपतिबाट दीक्षान्त समारोहमा उपस्थित हुनुहुने कुलपति, सहकुलपति, प्रमुख अतिथि, उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, विभिन्न संकाय, अध्ययन संस्थानहरुका डीनहरु, त्रिवि सभाका सभासद्हरु लगायतलाई राष्ट्रपति निवासमा निमन्त्रणा गर्ने गरिएको छ । दीक्षान्त डिनरको सन्दर्भ मिलाएर त्रिविको वर्तमान अवस्था र कार्यक्रमहरु, देशको उच्च शिक्षाको अवस्थाबारे आमन्त्रित बौद्धिक व्यक्तित्वहरु र विज्ञहरुबीच तीन घण्टासम्म छलफल गर्ने कार्यक्रम राष्ट्रपति निवासमा हुँदै आएको छ । राष्ट्रपति, प्रधानमन्त्री, शिक्षा मन्त्री समेतको सहभागितामा उच्च शिक्षाका महत्वपूर्ण मान्छेहरुसंग बसेर त्रिविको उच्च शिक्षाको गुणस्तरीयताका लागि बहस भई उच्च शिक्षाको विकासका लागि उच्चस्तरबाट निर्देशन प्राप्त हुने गरेको उपकुलपति प्रा।डा। खनियाँले बताउनु भयो । यो तीन घण्टाको बसाईले वर्षभरिका कामको मूल्याङ्कन हुने गरेको र भावि दिनमा अगाडि बढ्न निर्देशन मिलेको उहाँको भनाई छ । त्रिवि सभाको यहि श्रावण ५ गते बसेको बैठकले ४४ औं दिक्षान्त समारोहमा दिक्षित हुने गरी २०७४ सालको शैक्षिक सत्रमा शैक्षिक उपाधि हाषिल गर्न सफल ७३ हजार ९ सय १ जना विद्यार्थीको ग्रेस लिष्ट पास गरिसकेको छ । यस वर्ष आश्विन १ गतेदेखि कार्तिक १५ गतेभित्र दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीहरुले अनलाइनबाट फारम भर्न सक्ने गरी व्यवस्था गरिएको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । आश्विन र कार्तिक महिनामा आवेदन भर्ने विद्यार्थीहरुको लागि आगामी पौष महिनाभित्र त्रिविले ४४ औं दिक्षान्त समारोह आयोजना गर्नेछ ।
यस्तो परम्परा अन्य मुलुकहरुमा पनि छ । यसले त्रिविको खर्च कटौती हुनका साथै राष्ट्रिय महत्वको विश्वविद्यालयसंग राष्ट्रपति, प्रधानमन्त्री र अन्य महत्वपूर्ण मानिसहरु बसी समसामयिक विषयमा तीन घण्टा कुराकानी गरी समस्याको बोध गराउनुका साथै भविष्यका लागि मार्ग निर्देशन प्राप्त हुने गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट आवश्यक निर्देशन प्रदान हुने गरेको छ ।
गत वर्षको ४३ औं दीक्षान्त समारोहका प्रमुख अतिथि जे.एन.यु. का उपकुलपति जगदिश कुमारले राष्ट्रपतिज्यूबाट आयोजना गरिएको दीक्षान्त डिनरको मुक्तकण्डले प्रशंसा समेत गर्नुभएको थियो ।
यसरी अनौपचारिक रुपमा हुने रात्रीभोजमा त्रिविका पदाधिकारीले आफ्ना राष्ट्रप्रमुख र सरकार प्रमुख एवं कुलपतिसमक्ष विश्वविद्यालयमा प्राप्त उपलब्धीहरु र देखिएका समस्याहरुको जानकारी गराउने अमुल्य अवसर समेत प्राप्त हुने गरेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ