प्रशान्त निरौला
लेटाङ ७ अशोज । मोरङ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नौ १९ औ वार्षीक साधरण सभा सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले वर्ष भरी गरेका कार्यक्रम प्रस्तुत गरेको थियो ।
लेटाङ नगरपालिका प्रमुख तथा सो कार्यक्रमका प्रमुख अतिथि शंकर राईले आफ्नो मन्तव्य राख्ने क्रममा मोरङ वचतले जनताको मन जित्न सफल रहेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले रकम वचत तथा ऋण प्रवाह मात्र गर्ने नभई अन्य सामाजिक परिवर्तनका कार्यमा लाग्न सुझाव दिनुभयो । उहाँले सहकारीलाई गरिवको झुपडिमा पुग्न सुझाव दिनुभयो ।
शुक्रवार लेटाङ ४ मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा भएको कार्यक्रममा कुल पुजि २३ करोड १४ लाख २३ हजार ८ सय सच्चालिस रहेको देखिएको थियो भने संस्थालाई यस वर्ष ६२ लाख ७३ हजार ४ सय वाईस रुपैया खुद नाफा रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाकै नमुना सहकारीको रुपमा चिनिने उदेश्य लिएको सो संस्थाले नगरवाहिर समेत कार्यक्षेत्र वनाएर अघाडि वढ्ने योजना वनाएको छ । वाल वचचकर्ता सहित ४१५७ जना सदस्य रहेको संस्थाले सदस्य विस्तारमा समेत जोड दिएको छ ।