लिलामे माईलो नाटक तयारी प्रारम्भ , चरित्र निर्माणका लागि नाटक टोलि लेटाङ प्रस्थान

Letang Khabar शनिबार, भाद्र ३०, २०७५

काठमाडौं । मौलिक र सामाजिक परिवेषमा आधारित लिलामे माइलो नामक लोक नाटक तयारी प्रारम्भ भएको छ ।
कुञ्ज नाटक घरको प्रस्तुति रहने लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । नाटक मंसिर महिनाको अन्तिम हप्ताबाट कुञ्ज नाटक घरमा मञ्चन हुने छ ।

एक महिना सम्म कुञ्ज नाटक घरमा मञ्चन भएपछि सो नाटक देशका विभिन्न प्रमुख शहरमा पनि मञ्चन गर्ने योजना रहेको नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानरकारी दिए ।
लिलामे माइलो नाटकका निर्देशक एवंम कलाकारहरुलाई एक समारोहकाबिच शुक्रबार लेटाङ प्रस्थानका लागि बिदाई तथा सम्मान गरियो ।

कार्यक्रममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष विकास मानन्धरले नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित सामाजिक भावले यो किसिमको नाटक तयार गर्न थालेकोमा शुभकामना व्यक्त गर्दै जेसिजका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

लिलामे माईलोका निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब ति गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताए ।

चरित्र निमार्ण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनु पर्ने चरित्र माथीको भुमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङजान लागेको बताए । नाटकका दर्सकहरुलाई यथार्थता महशुस गराउन स्थलगत संगित र प्रत्यक्ष संगीतको प्रयोग गरिने छ र नाटकका दर्सकहरुलाई गाउँले परिबेस सम्म पुर्याउन दृष्य अनुसारका स्थानीय स्तरमा उपलब्ध झारपात तथा जडिबुटिहरुको बास्नाको समेत प्रयोग गरिने छ ।

नाटकलाई अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरि रहेको निर्माण पक्षले जानकारी दिएको छ । यस नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलनलाई प्रबर्धन गरिने छ । भने नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ ।

नाटकमा निर्देशक प्रभाकर न्यौपाने, नाट्या रुपान्तरण राज थापा काउचा, कलाकारहरुमा विजय नेपाल , विरेन्द्र खातिन, निशा पाख्रिन तामाङ, पुष्प अवस्थि, सलमाना गुरुङ, अलविना न्यौपाने, राजन भुजेल, फोटोग्राफि डकुमेन्टेसन युसव गौतम लगाएत रहेका छन् ।

लिलामे माईलो नामक मञ्चनबाट संकलन हुने रकम काभ्रे जेसिजको समन्वयमा सामाजिक कार्यमा लगाईने छ । नाटक हेर्न माईला भएर जन्मिएकालाई निशुल्क देखाउने कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए ।राजधानी दैनिकमा समाचार लेखिएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ