भारतले सार्कलाई निस्कृय बनाउन खोज्योः मसाल सार्क सम्मेलन गर्न नसके ओली असफलु

Letang Khabar आइतबार, भाद्र १७, २०७५

काठमाडौं, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले विमस्टेकलाई भारतीय विस्तारवादी नीति अनुरुप अगाडि बढ्न दिन नहुने बताएको छ ।

महामन्त्री मोहनविक्रम सिंहले आइतबार वक्तव्य जारी गर्दै भारतले सार्कलाई निस्कृय बनाउन र सार्कको विकल्पका रुपमा विमस्टेकलाई अगाडि ल्याउने प्रयत्न गरिरहेको उल्लेख गरेका छन् । मसालले भारतीय विस्तारवादले सार्कलाई आफ्नो विस्तारवादी उद्देश्य पूर्तिका लागि उपयोग गर्न नसकेपछि त्यसको विकल्पका रुपमा विमस्टेकलाई लिएको दावी गरेको हो ।

‘एकातिर, पाकिस्तान, अर्कातिर, चीनका कारणले सार्कमाथि आफ्ना विस्तारवादी उद्देश्य पूरा गर्नु भारतलाई सम्भव भएन’, वक्तव्यमा लेखिएको छ, ‘त्यसैले तत्काल हुने भनिएको सार्कको सम्मेलनलाई हुन दिएन र त्यसको ठाउँमा विमस्टेकलाई अगाडि बढाउने प्रयत्न गरिरहेको छ ।’

आफूसित प्रतिस्पर्धा गर्नसक्ने पाकिस्तान वा चीन जस्ता कुनै देश नभएकाले पनि विमस्टेकसित सम्बन्धित देशहरुमा आफ्नो प्रभाव बनाउन सक्ने भारतको आशा रहेको मसालको ठहर छ ।

काठमाडौंमा सम्पन्न चौथो विमिस्टेक सम्मेलनमा नेपालका प्रधानमन्त्री के।पी। शर्मा ओलीले विमस्टेक सार्कको विकल्प नभएको तर दुवै एक अर्काको पूरक भएको बताइरहनुपर्ने आवश्यकता नभएको पनि मसालले उल्लेख गरेको छ । ओलीको त्यो अभिव्यक्ति भारतीय विस्तारवादी दृष्टिकोणसित मेल नखाए पनि ओलीले त्यस प्रकारको विचार प्रकट गरेर प्रशंसनीय कार्य गरेको मसालले जनाएको छ ।

अहिले सार्कको अध्यक्ष नेपाल रहेको र पाकिस्तानमा आयोजना हुने आगामी सार्क सम्मेलन सम्पन्न गराउन ओली असमर्थ भए नेपाल कूटनीतिकरुपमा असफल हुने मसालले चेतावनी दिएको छ । तर त्यसको दोष भारतकै हुने मसालका महामन्त्री सिंहको विज्ञप्तिमा उल्लेख छ ।

सिंहद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘ओली पाकिस्तानमा हुने भनिएको सार्कको सम्मेलन बनाउन असमर्थ हुन्छन् र उनको नेतृत्वको कालमा नै त्यसको (सार्कको) विघटन हुन्छ भने त्यो नेपालको कुटनीतिको असफलता नै हुनेछ । तर त्यसका लागि मुख्य दोष नेपालको नभएर भारतको नै हुनेछ । किनभने भारतले सार्कको सम्मेलनबारे अपनाएको गलत दृष्टिकोणका कारणले नै त्यसको सम्मेलन हुन सकेको छैन र त्यसको भविष्य पनि अनिश्चित भएको छ ।’

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ