लेटाङ क्लब स्तरीय नकआउट फुटबल भदौ २० वाट सूरु हुने

Letang Khabar बिहिबार, भाद्र १४, २०७५

बिकास आचार्य
लेटाङ १४ भदौ । सलल युथ क्लब लेटाङ मोरङको आयोजनामा मिति २०७५ भदौ २० गते देखि लेटाङ नगरपालिका वडा नम्बर ६ स्थित प्रस्ताबित सुकेचौरि खेल मैदानमा प्रथम लेटाङ क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

लेटाङ भेट्रान सहित १४ वटा क्लब विच हुन लागिरहेको प्रतियोगितामा डि एफ सी क्लब र वसन्त क्लबको मिति २०७५।५।२० गते २ः३० मा पहिले खेल र सोहि दिन ३ः३० मा दुहवी पुलिस क्लब सनराईज क्लब विचको खेल हुने सलल युथ क्लबका अध्यक्ष बाल कुमार लिम्बूले बताए ।
वाराङगी एफ सी , द ब्वाइज क्लब , गलमभच ज्ञड द्ययथक ँ।अ। खेरूवा एफ सी, सगरमाथा क्लब ,जनसेवा क्लब , किराँत एफ सी, लाफा एफ सी र आयोजक सलल युथ गरी १४ वटा टोली सम्मेलित प्रतियोगिताको फाईनल खेल २०७५ भदौ २७ गते बुधबार ३ः ३० मा हुने र प्रतियोगिताको प्रथम पुरस्कार नगद रू १५,०००।– सहित कप,मेडल र प्रमाणपत्र र दोस्रो पुरस्कार नगद रू १०,००० सहित कप,मेडल र प्रमाणपत्र रहेको प्रतियोगिता आयोजक सदस्य बिकास लिम्बूले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ