लेटाङ ७ भदौ । लेटाङ नगरपालिकाको वडा नम्बर २ को लक्ष्मी माध्यमिक बिद्यालयमा रहेको बाल क्लबले बिबाह गर्न तयारी गर्दै गरेको अबस्थामा रहेको बाल बिबाहलाई बुधबार रोकेको छ । बिद्यालयमा रहेको लक्ष्मी बाल प्रकृति क्लबले बिद्यालयमा अध्ययनरत १५ बर्षिय बालिकालाई बिबाह गर्नबाट रोकेको हो । बिबाह गर्नको लागि तयार भएका सोही वडाको ठाडा टोलमा घर भई लक्ष्मी माध्यमिक बिद्यालय कक्षा ८ मा अध्ययनरत १५ बर्षिय बालिका र झापा चारपाने घर भएका २८ बर्षिय किशोरीबिच हुन लागेको बिबाहलाई बाल क्लबले बिफल बनाएको हो । आफ्नै बिद्यालयमा अध्ययनरत साथीको बिबाह गर्ने उमेर नै नपुगी बिबाह हुन लागेको थाहा पाएपछि क्लबका पदाधिकारीहरुले घरमा नै गएर बिबाह रोकेका हुन् । सुरुमा बिबाह रोक्न क्लबले गरेको आग्रहलाई केटा र केटी पक्षले आलटाल गरेपछि क्लबले ईलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेको थियो । खबर पाउने बित्तिकै केटीको घरमा पुगेको प्रहरीको टोलीले बिबाह गर्न तयारी गरिरहेकोे अबस्थाबाट केटी र केटा पक्षलाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याएको थियो । करिब १० जनाको संख्यामा बिबाह गर्ने मनसायका साथ आएको केटा पक्ष र केटीका अभिभावकहरुलाई प्रहरीले कार्यालयमा लगी सोधपुछ गरेको थियो ।
प्रहरी कार्यालयमा केटा र केटी पक्षले २० बर्ष भन्दा कम उमेरमा बिबाह हुदैन भन्ने कुरा आफूहरुलाई थाहा नभएको बताएका थिए । सरेकारबाला निकायहरुले बाल बिबाह गर्न नहुने र गरेमा कडाभन्दा कडा कारबाही हुने बताएपछि केटीकी आमाले बिबाहको तयारी गर्नुभन्दा पूर्ब नै यस्तो कुरा आएको भए ज्यादै राम्रो हुने बताईन् । ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक योगराज खतिवडाले बाल बिबाहबाट बिबाह गर्ने स्वयम् ब्यक्ति तथा परिवारको भबिश्य बिग्रने भन्दै यस्तो कार्य आफ्नो परिवारले पनि नगर्ने र अरुलाई पनि नगर्न सल्लाह दिनुपर्ने बताएका थिए । लेटाङ वडा नम्बर २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सीना, लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र खतिवडा, सहायक प्राधानाध्यापक देबराज सापकोटा, लक्ष्मी बाल प्रकृति क्लबका अध्यक्ष गौरब खतिवडा लगायतको उपस्थितिमा केटा र केटी पक्षले आफूहरुले भुलबस गल्ती गरेको स्विकार गर्दै अब त्यस्तो नगर्ने बताएका थिए । वडा अध्यक्ष तिम्सीनाले केटीको उमेर पढ्ने उमेर भएकोले बिबाह हैन पढ्न प्रोत्साहन गर्नुपर्ने बताएका थिए । बाल बिबाहलाई सदाका लागि अन्त्य गर्ने उदेश्यका साथ नगरपालिकाले बाल बिबाह न्यूनिकरण अभियान चलाईरहेको बताउदै अध्यक्ष तिम्सीनाले केटा र केटी उज्वल भबिश्यको लागि दुबैको उमेर २० बर्षभन्दा बढी हुनुपर्ने कानुनी प्राबधान रहेको बताए । बिद्यालयका प्रधानाध्यापक राजेन्द्र खतिवडाले नानीलाई पढ्नको लागि बाताबरण बिद्यालयले बनाउने बताउदै कुनै समस्या नलिईकन लगातार बिद्यालय आउन आग्रह गरे । २० बर्ष पुग्दासम्ममा कम्तीमा पनि केटा र केटीले माध्यमिक तह अध्यापन गरिसक्ने तथा शारिरीक रुपले पनि परिपक्क हुने भएकोले सो समयसम्म अभिभावकले आफ्ना छोरा छोरीको बिबाह गरिदिन नहुने प्र।अ। खतिवडाले बताए ।
लक्ष्मी बाल प्रकृति क्लबका अध्यक्ष गौरब खतिवडाले सानै उमेरका बिबाह गर्नाले बालबालिकाको जिबन कष्टकर बन्ने भएकोले यसको अन्त्य गर्नुपर्न बताए । बाल क्लबले गत बर्षदेखि बाल बिबाह र दुव्र्यसनका घटनाहरुलाई बिद्यालय क्षेत्रमा शुन्य बनाउने गरी काम गरिरहेको बताए । प्रहरी कार्यालयमा केटा र केटी पक्षका अभिभावकले उमेर पुगेपछि मात्रै बिबाह गरीदिने भन्दै अहिले केटा र केटीलाई आ–आफ्नो अभिभावकले जिम्मा लिएर लैजाने र उमेर पुगेपछि मात्रै बिबाह गरिदिने प्रस्ताब राखेका थिए । प्रहरी कार्यालयमा भएको छलफलपछि प्रहरीले केटा र केटी दुबैलाई आ–आफ्नो अभिभावकलाई कागज गराएर जिम्मा लगाएको थियो । बालबिबाहबारे ऐनमा भएको ब्यबस्था भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा केटा र केटी दुबैको बिबाह गर्ने उमेर २० बर्ष तोकिएको छ । यसअघिको केटीको बिबाह गर्ने उमेर १८ बर्ष र केटीको २० बर्षलाई संशोधन गर्दै दुबैको बिबाह गर्ने उमेर बर्ष तोकिएको छ । यदि २० बर्षअघि बिहे गरेमा वा गराएमा त्यस्तो बिबाह बदर ब्यबस्था छ । बिहे गर्ने र गाराउनेलाई ३ बर्षसम्म कैद र ३० हजार रुपैयासम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।