ट्रम्पको अर्को झटारो, भन्छन् –बेलायतसँग व्यापारिक सम्झौता हुन सक्दैन

Letang Khabar शुक्रबार, आषाढ २९, २०७५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको युरोपियन युनियन (ईयू)बाट बहिर्गमन (ब्रेजिक्ट)को योजना अघि बढिरहेको अवस्थामा अमेरिकासँग कुनै पनि व्यापारिक सम्झौता हुन नसक्ने बताएका छन् ।

बेलायत भ्रमणको क्रममा रहेका ट्रम्पले यदि ब्रेजिक्टको योजना जारी रहेको अवस्थामा आगामी दिनमा बेलायतभन्दा पनि ईयूसँग नै प्रत्यक्ष वार्ताको संकेत गरेका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपति भएपछि पहिलो बेलायत भ्रमणको क्रममा छन् । यस्तोमा बेलायतसँग अमेरिकाको महत्वपूर्ण व्यापार सम्झौता हुनसक्ने बताइएको थियो ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले भने ब्रेजिक्ट अमेरिका र बेलायतको सम्बन्ध विस्तारको महत्वपूर्ण अवसर हुनसक्ने बताएकी थिइन् ।

ट्रम्प विहीबार बेलायत पुगेका हुन् । ट्रम्पले बेलायती प्रधानमन्त्री मेसँग ब्रेजिक्टको लागि आफ्नो योजना सुनाएका थिए तर सो योजनामा अघि बढ्नका लागि बेलायती प्रधानमन्त्रीले नमानेको कारण बेलायतसँग अमेरिकाको व्यापारिक सम्झौता हुने सम्भावना क्षीण बनेको हो । उनी तीनिदने भ्रमणका लागि बेलायत पुगेका हुन् ।

बेलायतमा अमेरिकी राष्ट्रपतिको भ्रमणविरुद्धमा विरोध प्रदर्शन पनि भइरहेको छ । गत साता बेलायत र ईयूको बीचमा ब्रेजिक्टको केही महत्वपूर्ण सम्झौताहरु भएको थियो तर यो सम्झौतापछि बेलायतका प्रमुख ब्रेजिक्ट अधिकारीहरुले राजीनामा दिएका थिए । ९एजेन्सी०

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ