श्रीलङ्काली राष्ट्रपति सिरिसेना आनन्दकुटी बिहारमा, १५ इन्चको बुद्धको प्रतिमा उपहार

Letang Khabar आइतबार, भाद्र १७, २०७५

काठमाडौं । बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आनन्दकुटी विहारको दर्शन तथा पूजा गरेका छन् ।

आईतबार बिहान ११ बजे स्वयम्भूस्थित आनन्दकुटी विहार पुगेर सिरिसेनाले विहारमा रहेको बुद्धको अस्थी धातु समेत दर्शन गरेका छन् ।

श्रीलङकाबाट ल्याइएको बुद्धको अस्ति धातुको समेत उनले अबलोकन गरेका छन । अस्ति धातु राखिएको चैत्य भुकम्पपछि पुर्ननिर्माण भइरहेकाले सुरक्षीत स्थानमा राखिएको छ ।

श्रीलङकाली सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेको आनन्दकुटी बिहारको राष्ट्रपति सिरिसेनाले जानकारी लिएको बिहारका भिक्षु असज्जीले बताए । यो बिहारको भुकम्पपछि पुर्ननिर्माणका लागि श्रीलङकाली सरकारले २१ करोड सहयोग गरेको थियो ।

बिहार पुर्ननिमार्णका लागि अहिलेसम्म २० करोड खर्च भइसकेको र अझै एक वर्षमा मात्र पुर्ननिर्माण सम्पन्न हुने भिक्षु असज्जीले बताए ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति सिरिसेनाले आनन्दकुटी विहारमा आयोजना गरिएकोे धार्मिक पुजामा समेत सहभागी भएका छन ।

विहारका प्रमुख भिक्षु धर्ममैत्रीले राष्ट्रपति सिरिसेनालाई सुनको मोलम्बा ९जलप० लगाएको १५ इन्चको बुद्धको प्रतिमा उपहार दिएका छन । यसअघि शनिबार सिरीसेनाले लुम्बिनीमा गएर दर्शन गरेका थिए ।
विमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका राष्ट्र प्रमुखहरु फर्किसकेपनि सिरिसेना आइतबारै फर्कने छन् ।

सिरीसेना आज ३ बजे स्वदेश फर्कदैछ । ३ बजे सोल्टी होटलदेखि एयरपोर्टसम्मको सडक केही समय प्रभावित हुने समेत महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ