जेफाले भलिबल प्रतियोगिताको उपाधी ईटहरिलाई

Letang Khabar आइतबार, बैशाख ०५, २०७८

जेफाले, ५ बैशाख । मोरङको केराबारी २ सिंहदेवी जेफालेमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलको टप फाइभ मध्ये पहिलो खेलमा इटहरीलाई २५-२१ ले पराजित गर्दै नतिजा १-० बनाएको थियो । अर्को खेलमा इटहरीले दमकलाइ २५-२१ ले जित्दै नतिजा १-१ को बराबरीमा पुर्याएको थियो । फाइनलको तेस्रो खेलमा इटहरीलाई २५-२२ ले पराजित गर्दै दमकले नतिजा २-१ मा पुर्याएको थियो । चौथो खेल २५-२३ मा इटहरीले जित्दै नतिजा बराबरी पारेपछि खेल थप रोमाञ्चक भएको थियो । १५ अंकमा खेलाइएको टप फाइभको अन्तिम तथा निर्णायक खेलमा इटहरीले १५-१३ को नतिजा निकाल्दै उपाधी चुमेको थियो ।
जितसँगै बिजेता इटहरीले नगद ७५ हजार नगदसँगै ट्रफी र मेडल हात पारेको छ भने उपबिजेता दमकले नगद ५० हजार, ट्रफी र मेडल हात पारेको छ ।

फाइनल खेलमा लेटाङ नगरपालिकाका नगरप्रमुख  शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी लिम्बू, लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल लगायतका जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यस अघि शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा बेलबारीलाइ ३-० को सोझो सेटमा पराजित गर्दै इटहरी फाइनलमा पुगेको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ