क्यानडाको अलबर्टामा चर्चित बन्दै गायक निश्चल

Letang Khabar मंगलबार, भाद्र १७, २०७६

काठमाडौं ।अलबर्टा क्यानडाका नेपाली समुदाय बीच लोकप्रिय बन्दै गएका गायक तथा कलाकार निश्चल नेपाल नेपलिज क्यानेडियन एसोशिएसन अफ एडमन्टन र गुरुकुल एडमन्टनले आयोजना गर्ने हरेक जसो सास्कृतिक कार्यक्रममा गीत तथा नाटक प्रस्तुत गर्दै आइरहेका छन । मोरङको उर्लाबारीमा घर भएका निश्चलको जन्म भने मोरङकै इटहरामा भएको थियो । उनले नेपालको धरानबाट बि।एस।सी र एम।बि।एस। सम्मको अध्ययन सकाएका हुन् । स्कूल तथा कलेज अध्ययनका क्रममा त्यस आसपास हुने सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थे र उत्तम प्रस्तुती दिएर पुरस्कार प्राप्त गर्थे ।

नेपालमा पनि उनले दर्जन बढी नाटकहरुमा मुख्य भूमिकामा खेली सकेका छन् । अहिले क्यानडामा स्थापित कालाकार बन्न पुगेका छन् निश्चल । विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति प्रचार प्रसार गर्नमा अति व्यस्त दखिन्छन् ।
नेपाली भाषा, कला, संस्कृतिको विकास तथा प्रवर्धनको उद्देश्यले विदेशी भूमिमा नाटक मञ्चन गरेको उनी बताउछन् । उनी अल्बर्टा क्यानडामा रहेका नेपाली समुदायमा चिनिएका उदयमान गायक पनि हुन ।

विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई उनले भूलेका छैनन् । आफ्नो गायन र अभिनय क्षमताकै कारण उनी क्यानडामा सेलीब्रेटीका रुपमा परिचित छन् ।
विदेशी भूमिमा रहेका चुनौतीलाई आत्मसात गर्दै उनी भन्छन् ” नेपाली कला, संगित मेरो रगतमा छ ।” यो क्षेत्रलाई व्यवसायीक रुपमा अगाडि नबढाए पनि आफ्नो फुर्सदको समयमा यो क्षेत्रमा योगदान निरन्तर दिने उनी बताउछन् । क्यानडामै नेपाली चलचित्रमा मुख्य भूमिकामा खेल्न रुचाउने कलाकार नेपालले क्यानडाका विभिन्न शहरहरुमा म्यूजिक भिडियो बनाउने तथा खेल्ने उद्देश्यले अगाडि बढिरहेका छन् । यहाँ हुर्किरहेका बच्चहरुलाई नेपाली कला र संगितको माध्यमाबट नेपाली भाषा, संस्कृति सिकाउन मद्दत पुग्ने कुरामा उनी विश्वस्त छन् ।
आफ्नो दाजुभाई र दिदीहरुले पनि कलाकारितामा रुची राखेको अनी सानै देखि आफुले पनि नेपाली कला, संगितमा रुची राखेको र यस क्षेत्र प्रति मनकै नाता जोडिएको हुनाले कलाकारिता क्षेत्रमा विशेष रुची बढेको उनी बताउँछन् ।
आउने दिनहरुमा अमेरिकाको बिभिन्न शहरहरुमा आफ्नो सांगितिक प्रस्तुती दिने योजना राखेका छन् उनले । कलाकार नेपालले क्यानडाको एडमन्टनबाट पावर इञ्जिनियरिङ सकाएका छन् । स्वर सम्राट नारायण गोपाललाई आफ्नो आइडल मान्ने कलाकार नेपाल सेन्टिमेन्टल आधुनिक र पप गित गाउन मन पराउछन् ।

“परिवारको साथ र समझदारीले नै मैले बिभिन्न विधाहरुमा सफलता हासिल गरेको छु” उनी बताउछन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ