लेटाङ कांग्रेस समायोजन

Letang Khabar सोमबार, जेठ २१, २०७५

प्रशान्त निरौला
लेटाङ २१ जेष्ठ । नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्बुले कांग्रेस कार्यकर्ताहरुले काम गर्ने परिपाटी वदल्नु पर्ने वताएका छन् । कांग्रेसका नेतृत्वमा गरिएका कामहरुलाई उजागर गर्न नसक्दा विपक्षीहरुले यसको फाईदा उठाएको नेपाली कांग्रेस लेटाङको पार्टी समायोजन गर्ने कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै यस्तो वताएका हुन् । कांग्रेसको नेतृत्वमा महत्वपुर्ण र जनमुखी कार्यक्रमहरु भएता पनि आफ्ना गतिविधिलाई जनतासामु पुर्याउन नसक्दा कांग्रेस पछि पर्नूपरेको जिल्ला सभापति लिम्बुले उल्लेख गरे ।
गाँउस्तरवाटै कार्यकर्ता जागरणको अभियान सुरु गरिएको र सवैलाई कांग्रेसको नीति तथा सिद्धान्तमा टेकेर अगाडी वढ्न आग्रह गरे ।

समायोजन कार्यक्रममा नेपाली कांग्रेस लेटाङलाई पुर्णता प्रदान गरिएको छ । कांग्रेस नगरकार्यसमितिले आज वाट पुर्णता पाएको हो । राज्यपुर्नसंरचना संगै लेटाङभोगटेनी नगरपालिका र जाँते र वारंगी गाविस मिलाएर वनेको लेटाङ नगरपालिकामा रहेको नेपाली कांग्रेसको कार्यसमितीलाई समायोजन गरे संगै पाटीले पुर्णता पाएको हो ।
तत्कालिन लेटाङभोगटेनी नगरपालिकाका सभापति राजकुमार लामालाई लेटाङ नगरपालिकाको सभापतिको जिम्मेवारी दिईएको छ भने तत्कालिन जाँते गाविसका सभापति प्रेमवहादुर खड्का र वारंगी गाविसका सभापति आदिमान लिम्बुलाई सहसभापतिको जिम्मेवारीमा सहमति गरेर पार्टीलाई समायोजन गरिएको हो । ३ वटा स्थानिय तहलार्ई एक वनाएर लैजादा पदाधिकारीहरुलाई पहिलेकै स्थितीमा रहने गरि सहमति भएको छ ।
१६ जनाको पदाधिकारीहरुलाई नै कार्यसम्पादन समिती वनाईएको छ भने ५ जना सदस्य सभापतिको संयोजनमा मनोनित गर्ने समेत सहमति भएको छ ।
तत्कालिन ३ वटै गाविस तथा नगरपालिकाका कार्यसमितीलाई सदस्यको मान्यता दिएर ५र्१ कार्यसमिती वनार्ईएको छ । विशेष निर्णय गर्दा पुर्णसदस्यको सहभागितामा निर्णय गर्ने साथै २÷२ महिनामा पार्टीको पूर्ण वैठक वस्ने सहमति भएको छ भने पार्टीका अन्यकुरामा कार्यसम्पादन समितीले निर्णय गर्ने समेत सहमति गरेर पार्टी समायोजन भएको हो ।
स्थानिय तहको वर्गीकरण संगै नेपाली कांग्रेसको सर्कुलर अनुसार एक वर्ष अघिर्न पार्टीलाई पनि एक वनाईनु पर्ने भएता पनि एक वर्ष ढिला गरी लेटाङ नगरपालिकामा कांग्रेस समायोजन गरिएको हो । ३ वटा तह मिलाएर एउटा नगरपलिका भएता पनि पार्टीमा कसले सभापतित्व गर्ने भन्ने विषयमा अन्योल रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ