सवा करोड लगानीमा कृषि फार्म, एउटै बाख्राको मूल्य साढे ४ लाख

Letang Khabar शुक्रबार, जेठ ०४, २०७५

झापा। पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् ।

उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उनले बताए ।

२०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गरेका पराजुलीले ४ वर्षमा आफ्नो फर्ममा १ करोड २० लाख ९० हजार रुपैयाँलगानी गरिसकेको बताउँछन् । पराजुली व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय किसानमात्रै बनेका छैनन, मनग्ये आम्दानी गर्न सफल पनि भइरहेका छन् ।

‘अहिले देशभरबाट बाख्राको माग भइरहेको छ,’ पराजुलीले भने ‘सुर्खेत, पर्वत, भक्तपुर, स्याङ्जासहित पूर्वका विभिन्न जिल्लाका किसान बाख्रा खरिद गर्न आउनुहुन्छ ।’

उनले सुर्खेतका एक किसानलाई २२ महिनाको १३२ केजी बोयर बाख्रा रु चारलाख ६५ हजारमा बिक्री गरेको सुनाए । स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर मेहनत गरे असम्भव केही नभएको उनी सुनाउँछन् ।

उनले बाणिज्य बैंकबाट ५९ लाख रुपैयाँ ऋण लिएको र पारिवारिक रुपमा पनि सरसहयोग लिएको बताए । ‘मासुका लागि बोयर जातको बाख्रा राम्रो मानिन्छ, उत्पादनका दृष्टिले पनि राम्रो छ,’ उनले बाख्राको गुण बयान गर्दै भने, ‘बोयरको मासु रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको माग बढ्दै गएको छ ।’

बोयर जातको बाख्राले २ वर्षमा ३ पटक पाठापाठी ब्याउने गरेको छ । ‘हरेक पटक जुम्ल्याहा पाठापाठी दिन्छ,’ उनले भने । उनले पशु आहारका लागि व्यक्तिगत एक बिगाह र भाडामा तीन बिगाह जग्गा लिएका छन् भने असारमा ३८ लाख रुपैयाँको बाख्रा थप्ने तयारी रहेको बताए ।

Source : Krishi patrika

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ