किसान पेन्सन लागु गर्ने कृषिमन्त्रीको उदघोष

Letang Khabar बिहिबार, जेठ ०३, २०७५

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने स्पष्ट पारेका छन् ।

‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ,’ मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सिण्डिकेटबारे हामीले केही गर्नै पर्दैन्, कालिमाटी बजार अहिले जुन रुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको छ, त्यसलाई उत्पादन जसले गर्छ, त्यही किसानलाई दिने, कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने, किसानले सिधै पहिलो स्टेनशनबाट उठाएर उत्पादनहरु बजारमा ल्याउने गर्नुभयो भने, मलाई लाग्छ २० खरिद उपभोक्ताको ८० र बीचमा रहेको त्यो ४० के गर्ने भन्ने, सिण्किेट हटाउन त हटाउनैपर्छ, तर केही समय लाग्छ, सिण्डिकेट तोड्नैपर्छ ।’

आफूले कषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उनले खुलासा गरे । उनले भने,‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ ।’ उनले सिधै किसानको खातामा जानेगरि पेन्सन पठाउने व्यवस्था गरिने जनाए ।

नेपालमा जमिनको समस्या रहेको बताउँदै उनले जमिनलाई वर्गिकरण गरेर समस्या हल गर्नतर्फ आफू केन्द्रित हुने जनाए । ‘हाम्रोमा जमिनको वर्गिकरण गरिएको छैन, यसको कारण प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम लागु हुन गाह«ौ भैरहेको छ, यसको लागि ठीक ढंगले जग्गालाई केन्द्रिकृत गर्नुपर्छ, एकीकृत प्रणालीबाट अघि बढ्नुपर्छ।’

कृषि क्षेत्रमा के–के गर्न सकिन्छ भन्नेबारे ईजरायलसँग कुरा भएकोले निकट भविष्यमा सहमति गरिनेपनि मन्त्री खनालले जानकारी दिए । नेपालमा ६६ प्रतिशत जनता कृषिमा आधारित रहेपनि उनीहरुको अवस्था नाजुक रहेकोले यसबारेमापनि केही नयाँ गर्ने उद्देश्यले सोचिरहेको उनको भनाई थियो ।

नेपालबाट उत्पादन भएका कृषिजन्य वस्तुहरु जम्मा १२ देखि १३ अर्वकोमात्रै निर्यात हुने तर हामीले झण्डै ११० अर्बको आयात भैरहेको जनाउँदै भारतसँगको व्यापार घाटा घटाउनको लागि कृषिमा नयाँ क्रान्ति गर्न आवश्यक रहेको मन्त्री खनालले बताए ।

उनले यसपटकको बजेटमा कृषिलाई प्राथमिकता दिईने पनि विश्वास दिलाए । उनले भने,‘कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो, त्यसैल हामीले बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ, २१ औं शताब्दीको कृषि प्रणाली हामीले अपनाउनुपर्छ ।’

Source : Krishi pat

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ


Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents('/home/letangkha...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('livewaf') #2 {main} thrown in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34