पूर्वेली क्रसर उद्योग मापदण्ड विपरित सञ्चालन

Letang Khabar मंगलबार, बैशाख २५, २०७५

वैशाख , २५ बैशाख । मोरङको उर्लाबारी नगरपालिका–१ मा सञ्चालमा रहेको पूर्वेली क्रसर उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।

क्रसर उद्योग सञ्चालनको लागि सरकारले बनाएको कुनैपनि मापदण्ड पुरा नगरी यो क्रसर उद्योग सञ्चालन भइरहेको छ ।

सरकारले क्रशर उद्योगलाई राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर, विद्युत हाईटेन्सन लाईनबाट सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दुरी बाहिर मात्र सञ्चालन गर्नुपर्ने मापदण्ड तोकेको छ । वातावरण संरक्षण ऐन, २०५३ र नियमावली, २०५४ को प्रावधानअनुसार प्रारम्भिक वातावरणीय परीक्षण ९आइइइ० र वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० पनि नगरी उद्योग सञ्चालन भएको पाइएको छ ।

खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ अन्तर्गत खनिज कार्य गर्न चाहने व्यक्तिले खानी तथा भूगर्भ विभागको अनुमति लिनुपर्ने र अनुमतिप्राप्त गरेको व्यक्तिले खनिज कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने लगायतका विभिन्न प्रक्रिया तथा शर्तहरूको पालना गर्नुपर्ने बाध्यकारी नियमको व्यवस्था छ । सार्वजनिक स्थल, खोला र मानव वस्तीभन्दा २ किलोमिटर टर नजिक क्रसर सञ्चालन गर्न नपाइने प्रावधान रहेपनि बक्राहा खोलाकै धारमा केही महिनाअघि पूर्वेली क्रसर उद्योग सञ्चालन गरिएको छ । गुम्बा, विद्यालय र मानव वस्तीकै बीचमा क्रसर छ ।

केही दिन अगाडि प्रदेश नं। १ को प्रदेशसभा बैठकमा बोल्दै मोरङ क्षेत्र नं। १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बूले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसरहरु बन्द गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । तर, त्यसको सुनुवाई भएको छैन । मोरङमा सञ्चालनमा रहेका २२ वटा क्रसर उद्योगमध्ये ८ वटा मात्रै दर्ता भएका छन् ।

अवैध रुपमा उद्योगहरुले जथाभाबी उत्खनन् गरिरहेको विषयमा सरकारको ध्यान जान नसकेको गुनासो आइरहेको छ । मापदण्ड विपरीत ठूला मेसिन प्रयोग गरी खोलानालाबाट प्राकृतिक स्रोत दोहन भइरहेको छ । यो खबर आजको जनविद्रोह दैनिकले छापेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ