

लेटाङ, १६ मंसिर ।लेटाङ नगरपालिका वडा नम्बर ४ लाई मंसिर २४ गते बालमैत्री वडा घोषणा गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।
आज जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राई, लेटाङ नगरप्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, वडाध्यक्ष राम कुमार श्रेष्ठ सहित पदाधिकारी तथा सुरक्षा नीयामक निकायको सहभागितामा अवलोकन तथा समन्वय बैठक सम्पन्न भयो।

बैठकमा कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन व्यवस्थापन, सुरक्षा, अतिथिसत्कार तथा बालमैत्री गतिविधि प्रस्तुतिसम्बन्धी विषयमा कार्ययोजना मिलाइएको छ।
वडा नम्बर ४ ले बालमैत्रीका सबै ५१ सूचक पूरा गरी लेटाङ नगरपालिकाको पहिलो पूर्ण बालमैत्री वडा बन्ने तयारी गरेको छ, जसले नगरका अन्य वडालाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।
www.letangkhabar.com
