मोरङ पाथिभरामा विज्ञान–रोबोटिक्स प्रदर्शनी सम्पन्न

प्रशान्त निराैला मंगलबार, मंसिर १६, २०८२

लेटाङ, १६ मंसिर । लेटाङ–२ बुधबारेस्थित मोरङ पाथिभरा इङ्लिस स्कुलमा आयोजित कोशी आविष्कार मेला १.० अन्तर्गत २ दिने विज्ञान प्रदर्शनी तथा रोबोटिक्स प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले वाटर प्युरिफिकेसन, हाइड्रोलिक व्रिज, वाटर साइकल, स्मार्ट सिट, प्रोजेक्टर लगायतका मोडेल प्रदर्शित गर्दै आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गरे।

रोबोटिक्स हाकाथन र रोभो–सकर लिग कार्यक्रमको मुख्य आकर्षण बने। हाकाथनमा होम अटोमेसन, ग्यास लिकेज डिटेक्सन, आटोमेटिक इरिगेसन र वेदर मोनिटरिङ प्रविधिहरू प्रदर्शन गरिँदा ग्यास लिकेज डिटेक्सन मोडेल प्रस्तुत गर्ने टोली उत्कृष्ट बन्दै राष्ट्रिय प्रतियोगितामा छनोट भयो।

त्यस्तै ६ टोलीबीच भएको रोभो–सकर लिगमा टाइगर कम्बो प्रथम र एमपीइएस गर्ल्स द्वितीय हुँदै दुवै टोली काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्।

उत्थान ल्याब रोबोटिक्सका सिइओ विनम श्रेष्ठका अनुसार राष्ट्रिय स्तरमा उत्कृष्ट हुने टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताकालागि इन्डोनेसिया जाने अवसर पाउनेछ।
कार्यक्रमले विद्यार्थीको ज्ञान, जिज्ञासा र नवप्रवर्तन क्षमतालाई प्रोत्साहन गरेको विद्यालयका प्रिन्सिपल खगेन्द्रराज भण्डारीले बताए। लेटाङ–२ का वडासदस्य निलम ज्यू ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समुदाय, शिक्षक तथा सरोकारवाला सक्रिय उपस्थिति रहेको थियो।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ