प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक

Letang Khabar आइतबार, आषाढ १७, २०८१

काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मिडिया व्यवसायी क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समालोचक ज्ञानु अधिकारी, डा. अनन्त अधिकारी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बसन्त बस्नेत, कृतिकार प्रदीप सापकोटा लगायत अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्या. रामेश्वर थापाले प्रदीपजीमा यति ठूलो कला रहेछ भन्ने थाहा पाउँदा खुसी लागेको बताए । आफूले पुस्तकलाई अध्योपान्त पढ्ने र प्रतिक्रिया दिने भन्दै कृतिकारलाई उनले शुभकामना व्यक्त गरे ।

समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कृतिकारको शिष्ट र शालिन व्यक्तित्व नियात्रामा पनि आएको उल्लेख गरे । कृति उत्कृष्ठ रहेको भन्दै उनले चाँडै दोस्रो संस्करण प्रकाशन हुन सकोस भन्ने शुभकामना व्यक्त गरे ।

वरिष्ठ नियात्राकार जय छाङछाले नियात्रा विधामा अहिलेसम्मको सबैभन्दा कान्छो कृतिका रुपमा प्रदीप सापकोटाको कृति आएको उल्लेख गरे । नियात्राहरु रोचक र पठनीय रहेको उनले बताए ।

अर्की समालोचक ज्ञानु अधिकारीले कृतिको सिंहावलोकन गर्दै ऐतिहासिक, धार्मिक, विकट स्थानका हिसाबले नियात्राहरु रोचक रहेको उल्लेख गरिन् । विगत २० वर्षको समयलाई नियात्रामा समेटिएको उनले बताइन् ।

कार्यक्रममा भूँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुली, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, डा. अनन्त अधिकारी लगायतले शुभकामना मन्तव्य राखे ।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले हवाई जहाज चढेर गएपछि मात्रै नियात्रा लेख्नुपर्छ भन्ने भावना हाबी भएको बताए । नियात्रामा संख्या थपिए पनि गुणस्तर नआएको उनले बताए । गुणस्तरहीन लेखनले नियात्रा लेखनको विकासमा अवरोध पुर्याएको उनले बताए ।

लेखकीय मन्तव्य राख्दै नियात्राकार प्रदीप सापकोटाले आफू असल पाठक भएको उल्लेख गरे । नियात्रा लेखनमा भरखर सिक्दै गरेको उनले बताए । कृतिमा १७ वटा नियात्रा रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा उपस्थितहरुलाई समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत गरेका थिए भने समाजका सदस्य मधु पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ