कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु

r सोमबार, चैत्र २६, २०८०

विराटनगर, २६ चैत ।

‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु भएको छ ।

विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले महोत्सवको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नेता पराजुलीले महिलाहरुको सक्रियतामा यसखाले मेलाको आयोजना हुनु विराटनगरका लागि गौरवको विषय भएको बताए । आर्थिक मन्दीका वीच मेला आयोजना गरेर उर्जा प्रवाह गर्ने कार्यको प्रशंसा गर्दै पराजुलीले मेलाको सफलताको शुभकामना व्यक्त गरे ।

चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने मेलाका लागि आयोजक संस्था साझा प्रयास नेपालले गरिरहेको छ । संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने आशा ब्यक्त गरिन ।

महिलाहरुमात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी खड्काले गरिन् । मेलामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ८० बढी स्टल रहेका छन् ।

यस्तै मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत राखिएको छ । योग्य र उचित स्थानमा मेला आयोजना भएकोले भव्यरुपमा सम्पन्न हुने आशा आयोजकको छ ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका मोरङ इन्चार्ज भरत दाहाल,घरेलु महासंघको केन्द्रीय सदस्य जानुका थापा,नेपाली कांग्रेस जिल्ला सदस्य तथा महोत्सवका सल्लाहकार देवचन्द्र घिमिरे ,राष्ट्रिय गायक सुमित खड्का ,बुढीगंगा गाउँपालिका कार्यपालिका सदस्य मीना बिश्वास, गायक श्रीकृष्ण लुइटेल,सामाजिक अभियन्ता प्रदिप विस्वास लगायतको सहभागिता रहेको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ