यो बर्सात को मौसम बदल्न नि सक्थे
तेल बिहिन दियो सरि म बल्न नि सक्थे
उ कुरै नबुझी हतारी दै एक्कासी हिडि ,
पर्खिएको भए केही हल निकाल्न नि सक्थे
टाढै बाट हेरे उस्का लमकिएका गोडाका चालहरु
चाहेको भए म उहीँ सङ्ग चल्न नि सक्थे
मलाइ कसैले उसको सामु हात जोड्न नै दिएनन्
मेरो प्रार्थना ले पथर मन पगाल्न नि सक्थे
आज पनि मेरो गन्तव्य उहि नै हो
चाहेको भए म बाटो बदल्न नि सक्थे
अमृत रिजाल
लेटाङ-८ (जाँते)