आन्तरिक पर्यटनको गन्तब्य बन्दै मोरङको राजारानी

Letang Khabar बुधबार, बैशाख १२, २०७५

हरि कोइराला

लेटाङ,१२ बैशाख । उत्तरी मोरङको पर्यटकीय स्थल राजारानीमा घुम्न जाने आन्तरिक पर्यटकको चहलपहल वढेको छ । तराईमा गर्मी हुँदा राजारानीमा गर्मी छल्न जाने पर्यटकको चहलपहल बढेको हो ।
मोरङको लेटाङ नगरपालिका वार्ड नं. १ रहेको राजारानी क्षेत्रमा रहेका पोखरी तथा जंगलमा फूलेका सुनाखरीको अवलोकन गर्न देशैभरबाट आन्तरिक पर्यटक आउन थालेको लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले बताउनु भयो । राईले राजारानी क्षेत्रलाई विकसित गर्न नगरपालिकाले चालु वर्षमा ५ लाख रुपियाँ विनियोजन गरी गुरु योजना निर्माण गरिरहेको बताउनु भयो । उहाँले ३ वर्ष भित्रमा राजारानीलाई नेपाल को नयाँ पर्यटकीय गन्तब्य बनाउने महत्वकांक्षी योजना रहेको बताउनु भयो ।
गत आर्थिक वर्षमा राष्ट्रपति चुरे तराई मधेस विकास संरक्षण समितिले राजारानी क्षेत्रको सौन्दर्य विकासका लागि ५८ लाख रुपियाँ विनियोजन गरेको थियो । नेपाली सेनाको बटुक दलले पोखरी क्षेत्रलाई सौन्दर्य भर्ने काम गरेको लेटाङ १ का वडाध्यक्ष विष्णुकुमार मगरले बताउनु भयो । मगरका अनुसार चालु वर्षको वडा वजेटबाट १ लाख ५० हजार मन्दिर क्षेत्रको विकास लागि छुट्याइएको छ । उहाँले जिल्ला भु संरक्षण कार्यालय मोरङले पोखरी क्षेत्रका गल्छीहरूलाई ब्यबस्थित गर्न ६ लाख रुपियाँ बजेट दिएको बताउनु भयो ।
मोरङको पुरानो बजार लेटाङबाट ३ किलोे मिटर उत्तर पश्चिममा रहेको राजारानी क्षेत्रमा राजारानी र राजकुमारी पोखरी रहेका छन । पौराणिक कथा अनुसारमा त्यहाँ धिमाल राजाहरू शासन गरेका थिए ।राजारानी क्षेत्र झापा र मोरङमा बस्ने अल्पसङ्ख्य धिमाल जातिको उद्गम स्थल समेत मानिन्छ । ३२ हेक्टर क्षेत्रमा फैलिएको राजारानी पोखरीमा नौका बिहारको आनन्द समेत लिन पाइन्छ । धिमालहरूको उद्गम स्थल भए पनि सो क्षेत्रमा धिमालको एउटा घर पनि ।
धिमालहरूले हरेक वर्षको बैशाख २ गते राजारानीमा जात्री पूजा गर्ने गरेका छन् ।राजारानीमा पूजा गरी सुरु भएको जात्री पूजा असार २ गते मोरङको उर्लाबारीस्थित १० बिघेमा समापन हुने गरेको छ ।
पोखरीको नजिकै राजारानी मन्दिर रहेको छ ।मन्दिरमा मगर जातका पूजारीले पूजाआजा गर्ने गर्छन् । मन्दिरका पूजारी लोकबहादुर मगरले भन्नुभयो–‘सेनाले राजारानी क्षेत्रमा काम गर्न थालेपछि पाहुनाहरू आउने क्रम बढेको छ । उहाँले पहिले भन्दा पोखरी क्षेत्र सुन्दर भएको बताउनु भयो । चारै तिर डाँडाले घेरिएको राजारानी पोखरी सम्म मोटर बाटो समेत पुगिसकेको छ ।
राजारानी क्षेत्र विश्व कै दुर्लभ प्रजातिका सुनाखरी फूलको राजधानी पनि मानिन्छ । वनस्पति विज्ञहरूका अनुसार राजारानी क्षेत्रमा ४२ जातका सुृनाखरी फूल रहेका छन् । जस मध्ये ३ जातका सुनाखरी विश्वबाटै लोपोन्मुख छन् । स्थानीय विष्णुबहादुर मगरले भन्नुभयो –‘सुनाखरीको बारेमा बुझ्न धेरै मान्छेहरू आउँछन्,तर हामी उनीहरूले के गरेका हुन् बुझ्दैनौंं ।
जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. मोरङले यो वर्ष आफ्नो अर्ध वार्षिक समीक्षा गोष्ठी राजारानी क्षेत्रमा आयोजना ग¥यो । संघका जिल्ला अध्यक्ष हरिप्रसाद सुवेदी एकान्त स्थल, धार्मिक स्थल भएकोले पर्यटन प्रवद्र्धनका लागि राजारानी पुगेको बताउनु भयो । सुन्दर ठाउँ हो तर, धैरै गर्न बाँकी रहेछ , उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ