लेटाङमा आजदेखि राष्ट्रपति रनिङशिल प्रतियोगिता सुरु

Letang Khabar आइतबार, फाल्गुण ११, २०७६

लेटाङ, ११ फागुन । राष्ट्रपति रनिङशिल प्रतियोगिता सूरु भएको छ । आजदेखि  लेटाङ नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरभरीका २१ वटा माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये १७ वटा विद्यालयको सहभागिता रहेको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै लेटाङ नगरप्रमुख शंकर राईले खेलकुद राष्ट्रपति रनिङशलि प्रतियोगिता विद्यार्थीको क्षमता प्रदर्शन गर्ने उत्कृष्ट ठाँउ भएको वताउनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई नगरले पूरस्कृत गर्ने समेत उद्घोष गर्नुभयो । उहाँले खेल अनुशासनको पर्यायी भएकाले सवै विद्यालयले खेलकुदलाई समेत प्राथमिकतामा राखेर शैक्षिक कार्यक्रम अगाडी ल्याउन आह्वान समेत गर्नुभयो ।
एथ्लेटिक्स तर्फ १८ खेल हुने र भलिवल समेत गरि जम्मा १९ खेलमा ३८ वटा प्रतियोगिता भईरहेको आयोजक लेटाङ नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखाका शिक्षा ब्यवस्थापन सहायक कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीलाई जिल्लामा सहभागिता पाउने गरी प्रतिस्पर्धा गराइएको घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रम लेटाङ नगरपालिका वडा नं. ३ का अध्यक्ष देवराज चाम्लिङको आतिथ्यतामा भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ