देशमा सरकार छ,वा छैन ? त्यो अनुभुति हुने गरि नेकपाले काम नगरेको बताउँदै सभापति लिम्बूले संसदमा सयाै विधेयक अलपत्र छन् । तर नेकपा ले एउटा सभामुखकाे नाम दिन नसक्दा जनताका काम राेकिएका छन् । कांग्रेसलाई बलियाे बनाउने अभियानमा लाग्न आग्रह गर्दै सभापति लिम्बूले भन्नुभयो – गुटबन्दीकाे राजनीति त्यागेर कांग्रेसलाई सशक्त बनाऔ । उहाँले कांग्रेसले जितेका स्थानीय निकायमा नेकपाकाे सरकारले थाेरै बजेट दिएर असहयोग गरेको बताउनुभयो ।
नेपाली कांग्रेस लेटाङ नगर सभापति राजकुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका माेरङ सचिव माेदराज घिमिरे ,पुर्व सचिवहरु यदुकुमार बिष्ट र मदन संग्राैला,महासमिति सदस्य एवम् लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई,महासमिति सदस्य एवम् प्रदेश सभापति ईश्वरीप्रसाद काेइराला,महासमिति सदस्य सुभद्रा भट्टराईले शुभकामना दिनु भएको थियोे । यस्तै क्षेत्रीय सभापति एवम् उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागाे ,प्रदेश सभापति प्रकाश थापा र इन्द्रबहादुर मावाेहाङले बाेल्नु भएको थियाे ।
यस्तै लेटाङ नगर समितिकाे समायाेजन सकिएकाे छ । तत्कालिन लेटाङ नगरपालिकाका सभापति राजकुमार लामा आजकाे समायाेजन पछि सभापतिमा चयन हुनुभएकाे छ । नेपाली कांग्रेस लेटाङ नगरकाे समितिकाे सहसभापतिमा तत्कालिन जाँते गाबिसका सभापति प्रेम खड्का र तत्कालिन वारंगी गाविसका सभापति आदिमान लिम्बुलाई चयन गरेकाे छ । तत्कालिन लेटाङ , जाँते र वारंगीका उपसभापतिहरुमा क्रमश वालकुमार लिम्बु , भिम प्रसाद पाेख्रेल र जंगिलाल लिम्बुलाई उपसभापतिमा राख्ने निर्णय गरेकाे छ । नगर समितिकाे सदस्यहरुमा क्रमश तेजकुमार रानामगर ,उत्तम श्रेष्ठ , भिमबहादुर लिम्बु , भुपाल चेम्जाेङ ,सिता श्रेष्ठ,कृष्णप्रसाद सापकाेटा ,बुद्धहाङ लिम्बु, नबिन लिम्बु, राममणी वराल, ज्ञानेन्द्र ढकाल , युवराज तिम्सिना, र खड्ग श्रेष्ठलाई चयन गरेकाे छ भने समितिकाे सदस्य सचिवमा कुबेर पाैडेललाई चयन गरेकाे छ ।