लेटाङ्गमा च्यालेन्ज कप फुटबल हुने

Letang Khabar सोमबार, पुष ०७, २०७६

लेटाङ्ग ६ पौस । उत्तरी मोरङ्गको लेटाङ्गमा यहि पौष २५ गते देखि माघ तीन गतेसम्म “प्रथम लेटाङ्ग नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता हने भएको छ ।

उक्त फुटबल प्रतियोगिता स्थानिय चिसाङ्ग भ्यालि क्लवको आयोजनामा हुन लागेको हो । क्लवले आज आफ्नै कार्यलयमा एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।
उक्त प्रतियोगिता यस भन्दा अघि यहि पौष ११ देखि १९ गते सम्म हुने जनाईए पनि विशेष कारण वस पौष २५ बाट संचालन हुने निश्चित गरिएको सम्मेलनमा संस्थाका सचिव विकल तामाङ्गले जनाएका छन् ।

लेटाङ्ग नगरीमा खेलकुद पर्यटनको विकास साथै उक्त क्षेत्रमा प्रतिभाहरुको खोजीकार्यलाई सहजता दिलाउने उद्देश्यले आयोजना गर्न लागिएको फुटबल प्रतियोगिता स्थानिय प्रस्तावित बुद्ध रंगशालामा हुने जनाईएको छ ।
अनुमानित १२ लाखको लागतमा सम्पन्न हुन लागेको प्रतियोगितामा आयोजक टिम सहित आठ ओटा टिमले भाग लिन लागेको आयोजकले जनाएको छ । आठ मध्ये मुख्य आकर्षणको रुपमा पाहुना टोली “चर्च व्वाईज फुटबल क्लव” काठमाण्डौको समेत सहभागिता रहने जनाईएको छ ।

नेपाल आईस वियर कम्पनी मुख्य प्रायोजक रहने निश्चित भएको उक्त प्रतियोगिताको सह प्रायोजकमा अर्ना बियर र रमपम चाउचाउ कम्पनिहरु रहेको छ । यसैगरी प्रतियोगितालाई लेटाङ्ग नगरपालिकाका साथै स्थानिय संघसंस्था लगायत विभिन्न उद्योग व्यावसायीहरुको पनि उल्लेख्य मात्रमा सहयोग प्राप्त हुने सहमति भै सकेको संस्थाका अध्यक्ष उर्गेन तामाङ्गले जनाएका छन् ।

अध्यक्ष तामाङ्गका अनुसार प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार नगद सहित ट्रफि प्राप्त गर्ने छ भने उप विजेताले नगद रु ७५ हजार र ट्रफि प्राप्त गर्ने छ । साथै प्रतियोगितामा उत्कृष्ठता हासिल गर्ने अन्य थुप्रै विधागत पुरस्कार पनि प्रदान गरिने सम्मेलनमा जनाईएको छ ।
“स्वास्थ्यको लागि खेलकुद र पर्यटनका लागि खेलकुद ” नारा का साथ स्थापना भएको आयोजक संस्था चिसाङ्ग भ्याली क्लवले संचालन गर्ने यो प्रतियोगिताले आगामि वर्षहरुमा पनि निरन्तरता पाउने जनाईएको छ । साथै प्रतियोगिता हेर्न दर्षकले कुनै रकम तिर्न नपर्ने पनि सो अवसरमा जानकारी गराईएको छ ।

डम्बर सिन्चिउरी

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ