सांस्कृतिक झाँकी तथा परम्परागत खाद्य प्रदर्शनी

Letang Khabar शुक्रबार, मंसिर २०, २०७६

लेटाङ २० मंसिर । नोबेल एजुकेशन एण्ड डेभलोपमेन्ट फाउन्डेसन लेटाङले नेपाली मौलिक संस्कृती जगेर्नाका लागि भन्दै सांस्कृतिक झाँकी तथा परम्परागत खाद्य प्रदर्शनी कार्यक्रम गरेको छ । आज लेटाङ ८ मा रहेको विद्यालय प्रांगणमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

राई , लिम्बु , मगर लगायतका जातिका सांस्कृतिक नृत्यहरु कार्यक्रममा प्रदर्शन गरिएको थियो । कार्यक्रममा परम्परागत रुपमा प्रख्यात रहेका नेपाली खाद्यबस्तुहरुको स्टल समेत राखिएको थियो । परम्परागत जाति विशेष खानाका परिकारहरुको स्वाद लिनका लागि स्थानिय देखि बाहिरी ठाँउबाट समेत मानिसहरुको उपस्थिति रहेको थियो । ढिडो , सिस्नो , किमा , गुन्द्रुक लगायतका खानाका परिकारका स्वाद मानिसहरुले लिएका थिए ।

बिध्यार्थीहरुले ब्यबहारिक रुपमा समेत शिक्षा लिन सकुन भनेर सांस्कृतिक नाच तथा खाध्यबस्तुहरुको प्रदर्शनी गरिएको उक्त बिध्यालयका संस्थापक भोलानाथ पाण्डेले जानकारी दिनुभयो । नगरपालिकामै पहिलो पटक सो बिध्यालयले यस बर्ष देखि राई,लिम्बु तथा मगर भाषाको समेत पढाई सुरु गरेको छ भने यस्तो खाले कार्यक्रम समेत नगरमै पहिलो पटक सुरु गरेको छ ।।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरुमा मगर जातिको हुर्रा, लिम्बुहरुको ढोल तथा धान नाच , राईको चन्डी नाच लगायतका जातिगत नृत्यहरु प्रस्तुती गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले वनाएका विज्ञानका सामाग्रीहरुले अभिभावक तथा दर्शकहरुको मन लोभ्याउएकाे प्रतिक्रिया आएकाे थियाे ।

कार्यक्रममा वडा अध्यक्ष भिम पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो । अतिथिहरु लेटाङ नगरपालिकाका उपसचिव कृष्णराज राई , समाजसेवी ईन्द्र मावोहाङ लगायतले नोबेल एजुकेशनले गरेको उक्त कार्यक्रमको प्रसंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन जाेड गरेका थिए ।

नोवेल एजुकेशन लेटाङ नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयको सुचिमा समेत सुचिकृत भईसकेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ