लेटाङमा मनाईयो संविधान तथा राष्ट्रिय दिवस

Letang Khabar शुक्रबार, आश्विन ०३, २०७६

लेटाङ, ३ असोज । लेटाङ नगरपालिकाले पाँचौ संविधान दिवश तथा राष्टिय दिवश मनाएको छ । प्रभात फेरी सहित नगरपालिका प्राङ्गणमा  एक कार्यक्रम गरि यो दिवस मनाईएको हो ।

नगरप्रमुख तथा कार्यक्रममा सभाध्यक्ष शंकर राईले संविधान जनताको बलिदान वाट आएको र सिंहदरबारको अधिकार गाँउमा समेत ल्याउने उदेश्य रहेकाले भुप्रो भित्रका विपन्न जनताले समेत संविधान आएको खुसिमा दिप वाल्न सक्ने अवस्था सृजना गर्न सरकार र यसका अंगहरुलाई आग्रह गर्नुभयो । नगरप्रमुख समेत संविधानको दफा अनुसार भएकाले जनताको मतलाई जनताकै बृदि विकासमा लगाईरहने वाचा गर्नूभयो ।

नगरपालिकाको टिम सहित लेटाङ नगरपालिकामा क्रियाशिल रहेका राजनीतिक दल , सामाजिक संस्था , विद्यालय र अन्य निकायहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएकोे थियो ।
उप्रमुख कृष्णकुमारी निरौलाले संविधानको मर्म अनुसार स्थानिय तह सञ्चालन भएको र संविधान कार्यन्वयनमा स्थानिय तहले अभ्यास गरिरहेको वताउनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष देवराज चाम्लिङले संविधानको मुल मर्मलाई बुझेर देशका हरेक निकाय अगाडी बढ्न आवश्यकता रहेको वताउनुभयो ।

नेकपा लेटाङ नगर कमिटी अध्यक्ष कृष्ण लम्सालले अहिलेको संविधान नेपालका नेपाली जनता अथक प्रयास र विवेकपूर्ण कदमको नासो भएकाले यसलाई सबैले पूर्णरुपमा लागु गर्न सरकार सजग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिका अन्तरगतका विभिन्न विभाग कर्मचारी, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्था प्रतिनिधिहरु, विद्यार्थीहरु, आम जनमानसको बाक्लो उपस्थिती थियो ।

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन् ।

पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, आम नेपाली जनताको उत्सवको रूपमा धुमधामसाथ मनाउन थालिएको बताए ।

नेपालले डेढ वर्षको अवधिमा नै संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो वित्तीय संघीयताको व्यवस्थापन सहजरूपमा गरेको भन्दै प्रदेश र स्थानीय तहको स्रोत व्यवस्थापन राजश्व बाँडफाँट तथा खर्च प्रणाली व्यवस्थित भएको बताउएका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ