सितल राईलाई थप आर्थीक सहयोग

Letang Khabar बुधबार, आषाढ २५, २०७६

उर्लावारी २५ असार । दिनभरीको काम सकेर साँझमा घर तर्फ मोटरसाईकलमा फर्किरहेको अवस्थामा विपरित दिशा वाट आएको अर्को मोटरसाईकलले ठक्कर दिदाँ गम्भिर घाईते भई दर्दनाक अवस्थामा वाचिरहनुभएका खोटाङ घर भई हाल मोरङको उर्लावारी ५ बस्ने सितल राईलाई थप ७१ हजार ५ सय ७० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।

घाईते भएर घरमै थलिनुभएका राईको उर्लावारी स्थित डेरामै गएर संकलित रकम सामाजिक अभियान्ता सजना राईले हस्तान्तरण गर्नुभएको हो । मलेसियामा अभियानको रुपमा चलाउनुभएका खगेन्द्र खजुमले पठाएको रकम र सजनाले आफै समेत संकलन गर्नुभएको सो रकम मंगलवार हस्तान्तरण गरिएको हो ।

राईको उपचारमा करिव २० लाख खर्च भईसकेको र अझै पनि उपचारमा आर्थिक सहयोगको आवश्यकता भएको घाईते राईकी श्रीमतीले बताउनुभयो ।

३ छोरी र श्रीमती संगै बस्दै आउनुभएका राईको दुर्घट्ना पछि परिवाको समेत विचल्ली हुने अवस्था आएको छ । दुर्घट्ना गराउने मानिस अझै फरार रहेको समेत उहाँले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ