चर्मरोगको निशुल्क स्वास्थ्य शिविर

Letang Khabar बिहिबार, आषाढ ०५, २०७६

प्रशान्त निरौला

लेटाङ ४ असार । लेटाङ नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा छाला ९चर्म० रोग सम्बन्धी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १२८ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । लेटाङ नगरपालिका स्वास्थ्य तथा सामािजक बिकास शाखाको आयोजनामा भएको शिविरमा छाला तथा यौन रोग सम्बन्धी समस्या भएका विरामीहरुले स्वास्थ्य जाँच गराएका थिए । कोशि अस्पताल विराटनगरका कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा। अशित घिमिरेको टोलीले विरामीहरुको परिक्षण गरि औषधी दिएका थिए ।

स्वास्थ्य परिक्षण कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले छाला सम्बन्धी रोगका कारण लेटाङ बासि दाजुभाई तथा दिदिवहिनीहरु पिडित वनेको गुनासो आउन थालेपछि निराकरणका लागि निशुल्क स्वास्थ्य परिक्षण गरिएको वताउनुभयो । उहाँले स्वास्थ्य नै ठुलो धन भएकाले रोग लाग्न दिनु भन्दा पहिलानै सचेत हुन आग्रह गर्नुभयो । नियमित स्वास्थ्य परिक्षण गरि रोगलाई ठुलो हुन नदिने उपाय अपनाउन समेत आग्रह गर्नुभयो । लेटाङ नगरपालिकाका विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुले निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै कतिपय औषधीहरु निशुल्क रुपमा दिने गरेको वताउदै बेलैमा रोगवाट मुक्त हुनका लागि डाक्टरको जानु पर्ने वताउनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौलाले महिलाहरुलाई छाला सम्बन्धी रोगले वढी सताएको पाईएकाले यस प्रति सचेत रहन आग्रह गर्नुभयो । घरको चुलो चौका देखि अन्य काममा समेत महिलाले घामपानी तथा धुलो धुवा संग नजिकिनु पर्ने भएकाले छाला सम्बन्धी रोग लाग्ने गरेको उल्लेख गर्नुभयो । उहाँले समयमै नजिकको स्वास्थ्य संस्थामा गएर रोगको उपचार गराउन समेत आग्रह गर्नुभयो ।

लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत ध्यानकुमार थापाले लेटाङ नगरपालिकामा स्वास्थ्य चुनौती रहेकाले सवैजना मिलेर चेतना र उपचारका क्षेत्रमा काम गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले स्वास्थ्य रहनका लागि दैनिक जीवनका कामहरुमा केही सुधार गर्ने हो भने पनि स्वास्थ्य रहन सकिने वताउनुभयो ।

लेटाङ नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख महेन्द्र चौधरीले लेटाङ नगरपालिका स्वास्थ्यको क्षेत्रमा पछाडिएका समुदाय बसोवास गरेका कारण यहाँको स्वास्थ्य अवस्था कमजोर रहेकाले यो ठाँउलाई केन्द्रीय स्तरवाट नै विशेष सहयोगको आवश्कता रहेको वताउनुभयो । उहाँले अन्य रोगको तुलनामा छालाको रोगलाई मानिसले सामान्य लिने गरेको र चेतनाको अभावले मानिसहरु ठुलो समस्यामा पर्ने गरेकोले यस्ता खालका शिविर आयोजना गर्न आवश्यकता रहेको वताउनुभयो।

कार्यक्रममा लेटाङ नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख उपसचिव कृष्णराज राई , वडा नं। ३ का वडा अध्यक्ष देवराज चाम्लिङ , वडा नं। ४ का वडा अध्यक्ष सन्तोष कार्की लगायतले स्वास्थ्य सम्बन्धी विषयमा चर्चा गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ