नेपाल शिक्षक संघद्धारा शैक्षिक अवधारणा पत्र कार्यन्वयनको माग

Letang Khabar बुधबार, आषाढ ०४, २०७६

प्रशान्त निरौला
लेटाङ ४ असार । नेपाल शिक्षक संघ लेटाङले बनाएको शैक्षिक अवधारणा पत्र कार्यन्वयनको माग गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईलाई बुझाएको छ । मंगलबार शिक्षक संघ लेटाङका सभापति पूर्ण लिम्बु सहितको टोलीले मेयर राईलाई अवधारणा पत्र हस्तान्तरण गरेको हो ।

अवधारणापत्रमा शिक्षा समृद्धि र बिकासको मुल आधार भएकोे , समृद्धिको आधार मध्ये सबै भन्दा महत्वपूर्ण आधार भएकै कारणले अन्तर्राष्ट्रिय क्षेत्रले शिक्षालाई अधिक महत्वका साथ लगानी र दृष्टि दिएर उनिहरु समृद्ध राष्ट्र बन्न सफल भएका उल्लेख गर्दै राज्य समृद्ध बनाउन शिक्षालाई पहिलो प्राथमिकताका साथ लगानी गर्न माग गरिरएको छ ।
अवधारणा पत्रमा शैक्षिक गुणस्तरमा सुधार , विद्यालयको भौतिक सुधार , शिक्षक ब्यवस्थापन , प्राविधिक शिक्षा ब्यवस्थापन , शिक्षक तालिम , विद्यालय ब्यस्थापन , विद्यार्थी सुविधा , विद्यालय कर्मचारी ,बालविकासका शिक्षक , राहत शिक्षक, शैक्षिक नीति निर्माण ,ट्रेड युनियन , बजेट ब्यवस्थापन , सहयोग ब्यवस्थापन लगायतको विषयमा अवधारणा बनाई नगरपालिकालाई हस्तान्तरण गरिएको संघका नगर सभापति पूर्ण लिम्बुले जानकारी दिनुभयो ।

अवधारणा पत्र ग्रहण गर्दै नगरप्रमुख राईले नगर क्षेत्रको समग्र शैक्षिक स्थितिलाई समेटेर वनाईएको अवधारणापत्रको कार्यन्वयनमा जोड दिने वताउनुभयो । नगरप्रमुख राईले नगर क्षेत्रको भौगोलिक विकटतालाई मध्यनजर गरेर छात्रावासको विकल्पलाई समेत अध्यय्न गरिरहेको जानकारी दिनुभयो । उहाँले शिक्षाको गुणस्तर बृद्धिका लागि आफु जोडले लाग्ने वचन दिनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिकाका शिक्षा शाखाको प्रमुख उपसचिव कृष्णराज राई , शिक्षकहरु फमकुमार मगर , विष्णु शंकर , विरेन्द्रकुमार लिम्बु , देवराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ