प्राइभेट कम्पनी कसरी दर्ता गर्ने? (प्रक्रिया र दस्तुर सहित)

Letang Khabar मंगलबार, जेठ ०७, २०७६

कुनै पनि उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन्। कम्पनी प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनी गरेर तीन किसिमका हुन्छन्।यी मध्ये कुनै पनि कम्पनी खोल्नका लागि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ।

कम्पनीको किसिम अनुसार दर्ता गर्ने प्रक्रियाहरू फरक हुन्छन्। यो लेखमा भने हामीले प्राइभेट कम्पनी कसरी दर्ता गर्ने ? (कहाँ गर्ने, प्रक्रिया, दस्तुर आदि) भन्ने विषयमा छलफल गरेका छौँ। प्राइभेट कम्पनी बढीमा ५० जनासम्म शेयरधनीहरु मिलेर खोलेको कम्पनी हो। साथै एकल शेयर धनी भएको कम्पनी पनि प्राइभेट कम्पनी अन्तर्गत पर्दछ।

प्राइभेट कम्पनी कहाँ दर्ता गर्ने?

सबै कम्पनी दर्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्न्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा गर्नुपर्ने हुन्छ। आवश्यक कागजातहरू बुझाएर सम्पूर्ण प्रक्रिया पूरा गरेपछि कम्पनी दर्ता भएको प्रमाणपत्र पाइन्छ।

प्राइभेट कम्पनी दर्ता गर्दा कस्तो प्रक्रिया पूरा गर्नुपर्छ?

कम्पनी दर्ताका लागि नेपाल सरकारले तोकेको निश्चित प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ। यस मध्य धेरै कामहरू अनलाइनबाटै गर्न सकिन्छ। सम्पूर्ण प्रक्रिया यस्तो छ:

१. कम्पनीको नाम रिजर्भ गर्नुपर्छ

  • कम्पनी दर्ता गर्दा सबैभन्दा पहिला प्रस्तावित कम्पनीको नाम प्रयोग भएको छ छैन चेक गर्नुपर्छ र नभएमा अनलाइन रिजर्भ गर्नुपर्छ।  यसको लागि कम्पनी रजिस्टर कार्यालयको वेबसाइट ( https://www.ocr.gov.np)मा जानुहोस्।
  • वेबसाइट खोलेपछि सबैभन्दा माथि अप्सनहरु देख्न सकिन्छ।  त्यी अप्सनहरु मध्ये तेस्रो अप्सन अर्थात् कम्पनी दर्तामा थिच्नुहोस्।
  • त्यसपछि तपाईँले दुई अप्सनहरु देख्न सक्नुहुन्छ जस मध्ये कम्पनी दर्ता विधि/कागजात लेखिएको पहिलो अप्सनमा जानुपर्ने हुन्छ।
  • त्यसपछि तपाईँले चेक नेम (Check name) लेखिएको अप्सन देख्न सक्नुहुन्छ, त्यो अप्सनमा थिच्नुहोस्।
  • त्यसपछि स्क्रिनको बायाँपट्टिको To establish a company please click here लेखिएको पहिलो अप्सनको here लेखिएको ठाउँमा क्लिक गर्नुहोस्।
  • तपाईँले एउटा फारम देख्नुहुन्छ, त्यो फारम भर्नुहोस्।
  • तपाईँले भर्नुभएको इमेल ठेगानामा तपाईँलाई युजर नेम (User name) र पासवर्ड सहितको मेल आउँछ।
  • तपाईँले साइन इन लेखिएको ठाउँका खाली बक्साहरुमा त्यो नेम र पासवर्ड राख्न सक्नुहुन्छ।
  • त्यसपछि तपाईका अगाडी पासवर्ड बदल्नका लागि सूचना आउँछ।
  • तपाईँले आफूलाई दिइएको पासवर्ड बदल्नुपर्ने हुन्छ।  पासवर्ड बदल्दा आफूलाई याद हुने पासवर्ड राख्नुहोस्।
  • पासवर्ड बदलेपछि नयाँ पासवर्ड राखी लग इन गर्नुहोस्।
  • लग इन गरिसकेपछि तपाईँले नेम चेक रिजर्भेसन (Name check/Reservation) मा गएर आफूले राख्ने कम्पनीको नाम भर्नुहोस्।
  • नाम भरेर पठाएपछि तपाईँको कम्पनीको नाम अरू कुनै कम्पनीसँग जुध्न गएमा तपाईँलाई नाम जुध्यो भनेर इमेल आउँछ।
  • यसरी नाम जुधेमा तपाईँले फेरी अर्को नाम राखी जाँच गर्नुपर्ने हुन्छ।
  • यदि नाम जुधेन भने तपाईँलाई फारम भर्नका लागि इमेल आउँछ।
  • पठाइएको फारमहरू भर्नुहोस् र बुझाउनुहोस्।

२. प्रज्ञापनपत्र (एममोए) र प्रबन्धपत्र (एओए) प्रमाणित गर्नुपर्छ

त्यसपछि कम्पनीको नाम, ठेगाना, अधिकार, जिम्मेवारी, उद्देश्य, सेयर होल्डर आदिका बारेमा विस्तृत रूपमा लेखिएको प्रज्ञापनपत्र (एममोए) तयार गर्नुहोस्।

साथै संस्थापकहरूको जिम्मेवारी ,व्यवसाय को प्रकार आदिका बारेमा विस्तृत रूपमा लेखी प्रबन्धपत्र (एओए) तयार गर्नुहोस्।

एममोए तथा एओए वकिल वा कानुन व्यवसायीले प्रमाणीकरण गर्छन्।  कम्पनी आफैले पनि प्रमाणीकरण गर्न सकिन्छ।

३. कम्पनी रजिस्टरको कार्यालयमा सबै कागजपत्र आवेदन सहित पेस गर्नुपर्छ

हुलाक टिकट हुलाक अफिसमा पाउन सकिन्छ वा कम्पनी रजिष्ट्रर गर्ने कार्यालयको बाहिर पनि पाइन्छ।  अनलाइन भरेको दर्ता फारम प्रिन्ट गरेर फारममा सो टिकट किनेर टास्नुहोस्। कागजपत्र सबै अनिवार्य रुपमा अनलाइन मार्फत नै पेस गर्नुपर्ने हुन्छ।  अनलाइन प्रक्रिया पुरा गरेपछि सबै सक्कल कागजपत्र लिएर प्रमाणित गर्न कार्यालय जानुहोस्।

४. निम्न कागजात पेश गर्नुपर्छ

  • रु. १० को हुलाक टिकट टाँसिएको अनुसूची १ बमोजिमको निवेदन
  • एउटा मात्र सेयरधनी भएको कम्पनी भएमा अनुसूची ९ बमोजिम, एकल बाहेक अन्य भएमाअनुसूची १० बमोजिमको २ वटा प्रबन्धपत्र
  • अनुसूची १४ बमोजिमको २ वटा नियमावली
  • संस्थापक शेयरधनीहरुको नागरिकताको प्रमाणपत्रको फोटोकपी
  • र्सवसम्मत संझौता भएको छ भने त्यस्तो संझौताको फोटोकपी
  • कुनै निकायको पूर्व स्वीकृति वा इजाजत आवश्यक पर्ने भए त्यस्तो स्वीकृति वा इजाजत
  • नेपाली कम्पनीले खोल्न लागेको भएमा
    • सो कम्पनीको दर्ता प्रमाणपत्रको फोटोकपी
    • सो कम्पनीको प्रतिनिधिको नाम साथै कम्पनीमा के, कति र कसरी लगानी गर्ने भनेर सबै खुलाएको संचालक समीतिको निर्णयको फोटोकपी
  • प्रतिनिधिको नागरिकता प्रमाणपत्रको फोटोकपी

सम्पूर्ण प्रक्रियाको एक झलक:

स.नं.                        प्रक्रिया दस्तुर (रु.)  लाग्ने दिन
कम्पनीको नाम रिजर्भ गर्ने लाग्दैन अनलाइन प्रक्रिया भएकाले १ दिनभन्दा कम
प्रज्ञापनपत्र (एममोए) र प्रबन्धपत्र (एओए) प्रमाणित गर्ने १० हजारसम्म (कानुन व्यवसायीको शुल्क अनुसार)    ५ दिन
दर्ता फारममा हुलाक टिकट किनेर टास्ने धेरै समय लाग्दैन
कम्पनी रजिस्टरको कार्यालयमा सबै कागजपत्र आवेदन सहित पेस गर्ने १ हप्ता
कम्पनीको रबर स्ट्याम्प बनाउने ३०० सम्म १ दिन
अन्तरिक राजश्व विभागमा कम्पनी भ्याट र आयकरमा दर्ता गर्ने शुल्क लाग्दैन १ दिन
यदी १० जनाभन्दा बढी कर्मचारी भएमा सबैको संचयकोषमा खाता खोलिदिने शुल्क लाग्दैन १ दिन

 

कति दस्तुर लाग्छ?

तपाईको कम्पनी कति पुँजीबाट सुरु गरिएको हो सोही अनुसारको आवश्यक दस्तुर तिर्नुपर्ने हुन्छ। दस्तुर यसप्रकार लाग्छ:

 

  पुँजी               दस्तुर
रू १,००,००० सम्म              १,०००
१,००,००१ देखि ५,००,०००              ४,५००
५,००,००१ देखि २५,००,०००              ९,५००
२५,००,००१ देखि १,००,००,०००              १६,०००
१,००,००,००१ देखि  २,००,००,०००             १९,०००
२,००,००,००१ देखि ३,००,००,०००             २२,०००
३,००,००,००१/- देखि ४,००,००,०००             २५,०००
४,००,००,००१/- देखि ५,००,००,०००             २८,०००
५,००,००,००१/- देखि ६,००,००,०००             ३१,०००
६,००,००,००१/- देखि ७,००,००,०००             ३४,०००
७,००,००,००१/- देखि ८,००,००,०००             ३७,०००
८,००,००,००१/- देखि ९,००,००,०००            ४०,०००
९,००,००,००१/- देखि १०,००,००,०००            ४३,०००
१०,००,००,०००/- भन्दा माथि     प्रति १ लाखको रु ३०/-

-http://udhyaminepal.com

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ