प्रशान्त निरौला
लेटाङ ३१ बैशाख । मेरो सुविधा कटाईदेउ फुसको छानो हटाईदेउ भन्ने मर्म सहित लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सुरु गर्नुभएको फुसको छानो भएका विपन्न परिवारलाई रंगीन जस्तापाता वितरण गर्ने क्रम संगै पछिल्लो समय लेटाङ ८ जाँतेका ५ परिवारलाई हिजो जस्तापाता वितरण गरिएको छ । वडा कार्यलय लेटाङ ८ मा एक कार्यक्रम गरि वडा अध्यक्ष भिम पोख्रेलले ५ विपन्न ५ परिवारलाई जस्तापाता वितरण गर्नुभयो । ८ नंम्वर वडामा हालसम्म २० परिवारले जस्तापाता लगेको र ३५ परिवारलाई जस्तापाता वितरण गर्न वाँकी रहेको वडा अध्यक्ष भिम पोख्रेलले जानकारी दिनुभयो ।