माघे सङ्क्रान्तिको शुभकामना व्यक्त

Letang Khabar मंगलबार, माघ ०१, २०७५

प्रधानमन्त्री ,सभापति देउवा , वरिष्ठ नेता पौडेल , लेटाङ नगरपालिका प्रमुख शंकर राईद्वारा शुभकामना व्यक्त

 

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ ।

माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको बताउनुभएको छ ।

सबै जात र समुदायको सहभागितामा निर्माण गरी जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी ‘समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौँ’ विज्ञप्तिमा भनिएको छ । अभियानलाई सफल पार्न सरकार र सबै सङ्घसंस्था तथा समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको विज्ञप्तिमा विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेको ती पर्वले सबैको घरमा सुख र शान्तिको अनुभूति गराउन सकोस् भन्ने शुभेच्छा प्रकट गरिएको छ ।

सम्पूर्ण नेपालीेको बीचमा यस पर्वले बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको उल्लेख गरिएको विज्ञप्तिमा हाम्रा यस प्रकारका चाडपर्व पर्यटकीय आकर्षणका लागि पनि प्रभावकारी हुने जनाइएको छ ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा शुभकामना व्यक्त

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिँदै उहाँले माघ १ गते ‘मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति’लाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएको उल्लेख गर्नुभएको छ । नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गम स्थल रहेको बताउँदै उहाँले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने उल्लेख गर्नुभएको छ ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित हुने सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै जसले जसरी मनाए पनि सबै चाडपर्व र रितिरिवाजले सबै नेपाली समुदायलाई एकसुत्रमा बाँधेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । (रासस)
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नगरप्रमुख द्धारा शुभकामना

लेटाङ नगरपालिका प्रमुख शंकर राईले आज शुभकामना सन्देश दिँदै माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा नगरबासी आमाबुबा ,दाजुभाई दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नगरप्रमुख राईले माघ १ गते ‘मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति’लाई लेटाङ सहित नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँने भएकाले सवैलाई आपसी मिलेर पर्व मनाउनका लागि आह्वान गर्नुभयो । नेपालमा विभिन्न जात धर्महरुका विभिन्न संस्कृति रहेको उल्लेख गर्दै नगरप्रमुख राईले पर्वहरु आमाबुबा दाजुभाई तथा दिदीवहिनीहरुलाई एक आपसमा नजिक वनाउने माध्यम वनेको समेत उल्लेख गर्नुभएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ