कार्यदलले हस्तक्षेप गरको भन्दै नेविसंघको आपत्ती

Letang Khabar सोमबार, पुष ३०, २०७५

विराटनगर ३० पूष । कार्यदलले हस्तक्षेप गरेको भन्दै नेवि संघ मोरङमा विवाद सिर्जना भएको छ ।
नेवि संघको अधिवेशन गर्नका लागि नेपाली कांग्रेस मोरङले एक कार्यदल वनाएर अघि वढे पछि विवाद सिर्जना भएको हो । कार्यदलले नेवि संघ मोरङलाई अधिवेशन गर्न सहयोग गर्नुपर्नेमा आफै अधिवेशन गर्ने भन्दै प्रतिनिधि खटाउन थालेपछि नेविसंघका मोरङ उपाध्यक्ष फडिन्द्र निरौलाद्धारा हस्ताक्षर गरिएको एक विज्ञप्ती जारी गर्दै कांर्यदलले नेवि संघलाई सघाउने कार्य गर्नुको सट्टा आफै नेवि संघको जिल्ला अध्यक्ष जस्तै गरी विधानलाई कुल्चिएर अघि वढेकोमा आपती जनाएका छन् । समन्वय गरिदिने गरी पार्टीले कार्यदल वनाएपनि नेवि संघको जिल्ला समितिलाई नै हस्तक्षेप गरी आफै नेवि संघ जस्तो काम गर्न थाले पछि जिल्ला कार्यसमिति रुस्ट वनेको हो ।
नेवि संघले कार्यदललाई आफ्नो भुमिकामा वस्न आग्रह गर्दै नेवि संघको कार्यसमितिलाई सहयोग गर्न अनुरोध समेत गरेको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ