अबैध चन्दा असुलीमा संलग्न एमाले बाट निर्वाचित वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

Letang Khabar आइतबार, पौष २९, २०७५

 

विराटनगर, पुस २९। स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा कानेपोखरी ५ का वडाध्यक्ष चरणसिंह गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी ५ का अध्यक्ष पूर्व एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

कानेपोखरी–५ र बेलबारी ८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट चिसाङ खोलाबाट ढुंगा, गिटी, र बालुवा निकासीमा अवैध चन्दा असुल गरी गुरुङको संलग्नता देखिएपछि प्रहरीले पूर्जी जारी गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले ५ दिन अघि सोही ठाउँमा चन्दा असुल गर्ने कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । चन्दा असुली गर्ने दुवै जनालाई धरौटीमा रिहा गरिएको छ । उनीहरु विरुद्धको मुद्दा मोरङ अदालतमा विचाराधिन अवस्थामा छ ।

गुरुङले कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्याक्टर र ट्रिपरबाट पैसा असुल गर्न पत्रै दिएका थिए ।

गुरुङले प्रति ट्रिपर चन्दा स्वरुप १ सय रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधारणसँग सहमति गराएका थिए । गुरुङ आफैं क्रसर व्यवसायी हुन् ।

यसअघि पनि पदको दुरुपयोग गरी अवैध ढंगले नदीजन्य वस्तुको निकासी गर्ने गरेको स्थानीयको आरोप छ । चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेको विषयमा स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा रोक लगाएका छन् ।

गत २०७४ असोज २३ गते गुरुङकै अध्यक्षतामा बसेको स्थानीय उपभोक्ता समितिको बैठकले विभिन्न ७ वटा सहमति गरेको थियो । सहमति अनुसार खोलाको दुरु ३० मिटर मात्र खन्ने, जहदा डिक बहादुर राईको घरबाट खोलाको दुरु ३० मिटर मात्र खन्ने, जहदा डिकबहादुर राईको घरबाट काम सुरु गर्ने, नाका पिच्छे लोकल÷स्थानीयलाई रु।५० स्थानीय भन्दा बाहिरको लाई रु।१०० लिने, समय घाम झुल्केदेखि घाम अस्ताउन्जेल खन्ने, खोलामा संकेत गरेको चिन्ह भन्दा बाहिर खनेमा रु। ५ हजार जरिवाना लिने र खोलाको ढुंगा बाहिर विक्री गर्न नपाइने उल्लेख छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ