विद्यालय भर्ना अभियान सुरु

Letang Khabar बुधबार, बैशाख ०५, २०७५

प्रशान्त निरौला
लेटाङ ५ वैशाख । लेटाङ नगरपालिका ४ मा रहेको शान्ति भगवती माध्यमिक विद्यालयले “हामी सवैको ईच्छा अनिवार्य निशुल्क आधारभुत शिक्षा” भन्ने नारा सहित भर्ना अभियानलाई तिव्रता दिएको छ ।
आज विहान लेटाङ ४ का सवै टोलमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको टोली घरदैलो कार्यक्रमकामा सहभागि भएका थिए । लेटाङ नगरपालिका ३ का वडा अध्यक्ष तथा सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज चाम्लिङ,लेटाङ ४ का अध्यक्ष सन्तोष कार्की ,लेटाङ नगरपालिका शिक्षा शाखाका कृष्ण घिमिरे , विद्यालयका प्रअ , शिक्षकहरु , व्यवस्थापन समितिका पदाधिकारीहरु , स्थानिय संघ संस्थाका प्रतिनिधीहरु लगायतले विद्यार्थी भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।
वैशाख ३ गते देखी १४ गते सम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीहरुलाई पूर्ण सेटमा पाठ्यपुस्तक र मुस्कान सहितको फूल , अविर तथा स्थानिय संस्कृती अनुसार स्वागत गर्दै पठनपाठन कार्य गराउन नगरपालिकाले कार्यक्रम समेत वनाएको लेटाङ नगर प्रमुख शंकर राईले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ