वनोद आलेमगर कोशी अञ्चलको अध्यक्षमा सर्वसम्मत

Letang Khabar शनिबार, पौष २८, २०७५

लेटाङ २८ पूष । नेपाल मगर विद्यार्थी संघबमे दोस्रो अधिबेशनले सुनसरीका विनोद आलेमगरलाई कोशी अञ्चलको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । मोरङको लेटाङमा संको कोशी अञ्चल स्तरिय भेला द्धारा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा संखुवासभाका गणेश आलेमगर चयन भए । सचिवमा मोरङका राजु वुर्जामगर , सहसचिवमा धनकुटाका विनोद मगर , कोषाध्यक्षमा मोरङ वाट टिका लामिछाने मगर चयन चयन भए । सदस्य भोजपूर २ र तेह्रथुम २ र अन्यसदस्यहरू सविन मगर ( संखुवासभा), बुध्दशिला मगर (सुनसरी), हेमा सारू मगर (धनकुटा), अविनास थापामगर (मोरडं), गरी १३ सदस्य समिती गठन गरिएको नेता मनिष सुर्यमगरले जानकारी दिए ।
नेपाल मगर विद्यार्थी संघका बरिष्ठ उपाध्यक्ष विष्णु थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथी नेपाल मगर विद्यार्थी संघका नेता मनिश सुर्यमगर,नेपाल मगर विधार्थी संघ महिला सचिव सुमना थापा मगर र नेपाल मगर संघ मोरडं जिल्ला अध्यक्ष शम्भू राना मगर रहेका थिए ।

 

कोशी अञ्चल भरीका मगर विद्यार्थीहरुको सहभागितामा आज लेटाङमा अधिवेशन सम्पन्न भएको हो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ