लेटाङमा सुरु भयो २ घर एक डस्विन

Letang Khabar बुधबार, पौष २५, २०७५

लेटाङ २५ पूष । लेटाङ नगरपालिका वडा नं. ४ ले २ घर एक डस्विन अभियानको सुरु गरेको छ ।
लेटाङ नगरपालिका प्रमुख शंकर राईले वडा नं. ४ वासीहरुलाई डस्विन हस्तान्तरण गर्दै सो कार्यक्रमको आरम्भ गर्नुभएको हो । लेटाङ नगरपालिका वडा नं. ४ ले यहि आर्थिक वर्षमा वजेट विनियोजन गरि डस्विन खरिद गरेर प्रत्येक २ घरको विचमा एक डस्विन राख्ने प्रावधान ल्याई डस्विन समेत दिएको हो ।
जथाभावि फोहोर फ्यालेर शहर प्रदुषित भएको भन्दै फोहोर न्युनिकरण गर्नका लागि डस्विन वितरण गरिएको वडा अध्यक्ष सन्तोष कार्किले जानकारी दिनुभएको छ । पहिलो लटमा ११३ वटा डस्विन वितरण गरिएको छ भने अन्य अपूग भएको ठाँउमा पून डस्विन वितरण गरिने वताईएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ