विकास अधिकारीको नेविसंघ जिल्ला सभापतिमा दौड

Letang Khabar मंगलबार, पौष २४, २०७५

विराटनगर २४ पूष । नेपाल विद्यार्थी संघको बाह्रौ महाधिवेशन नजिकिदै गर्दा ७७ वटै जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पूगको नेताहरुले वताएका छन् ।

कतिपय जिल्लामा अधिवेश चयन भएर नयाँ नेतृत्व आईसकेको छ भने अधिवेशन हुन वाँकी जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । अधिवेशनको तयारी भईरहेको वेला मोरङ जिल्लामा पनि नेवि संघको अधिवेशन गर्ने तयारीमा नेपाली कांग्रेस पार्टी नै लागिरहको छ ।
नेपाली कांग्रेस मोरङले कार्यदल नै वनाएर नेवि संघको अधिवेशन तयारीमा जुटीरहेको वेला चर्चित विद्यार्थी नेता विकास अधिकारीले आफुलाई अध्यक्षको प्रवल दावेदारको रुपमा उभ्याएका छन् । अधिकारी वर्तमान कार्यसमितिका सचिव हुन भने नेवि संघ मोरङमा हाल देखिएका उमेद्धवार मध्ये सवै भन्दा सिनियर विद्यार्थी नेताको रुपमा रहेका छन् । उमेरले ३० पूगेका अधिकारी लाई नेविसंघको विद्यानले अझै २ वर्ष राजनीति गर्ने अवशर प्राप्त हुनेछ । नेविसंघ मोरङमा विभिन्न गुट उपगुट चरम अवस्थामा पुगिरहदाँ अधिकारी भने विवादरहित अवस्थामा छन् । लेटाङ क्याम्पसको सभापति रहदा होस वा जिल्ला सदस्यको भुमिकामा होस वा जिल्ला सचिवको भुमिकामा हुदाँ होस अधिकारी विवादरहित वने । उनले विद्यार्थीको अधिकारका निम्ति आवाज उठाईरहे र आज नेविसंघ मोरङको प्रवल दावेदारको रुपमा देखिएका छन् ।
अधिकारीले नेवि संघ मोरङ जिल्लाको १२ अधिवेशनमा सभापतिको मत माग्दै विद्यालय तथा क्याम्पस तिर कुदिरहेका छन भने केही समय पछि सभापतिको उमेद्धवारी औपचार घोषणा गर्ने वताएका छन् ।
समाजसेवामा समर्पित विद्यार्थी नेता अधिकारी सवै विद्यार्थी माझ लोकप्रीय छन् । उनले आफ्नो विद्यार्थी राजनीतिको यात्रा उमेरहदका कारण यहि कार्यकाल रहने भएकाले अवको नेविसंघ राजनीतक यात्रा एक कार्यकाल सम्म मात्र रहनेभएकाले सवैले सहयोग गर्न अपिल समेत गरेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ


Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents('/home/letangkha...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('livewaf') #2 {main} thrown in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34