मेलमिलापकेन्द्र स्थापना

Letang Khabar मंगलबार, पुष १०, २०७५

प्रशान्त निरौला
लेटाङ ९ पूष । लेटाङ नगरपालिका १ साग्मामा वडा मेलमिलाप केन्द्रको शुक्रवार उदघाटन गरिएको छ । एक कार्यक्रमका विच लेटाङ नगरप्रमुख शंकर राईले मेलमिलाप केन्द्रको उद्घाटन गर्नुभएको हो ।
सामान्य बेमेलका घट्ना हुँदा पनि अदालत नै पूगिहाल्ने परम्परालाई न्युनिकराण गरी मन संग मन मिलाउदै वादी प्रतिवादी नवनी छलफलका माध्यमवाट मेलमिलाप गराउनका लागि केन्द्रको स्थापना गरिएको नगरप्रमुख राईले वताउनुभयो ।उहाँले अदालतमा मुद्धा मामिला गर्दा झन्झटिलो , खर्चिलो हुने वताउदै समान्य छलफल गर्दा कसैले हारेको अनुभुति नहुने गरि मन माझामाझ गरेर मिल्ने मिलाउने काममा केन्द्र सक्रिय हुने विश्वास लिएको समेत उहाँले वताउनुभयो । सुखी नेपाली , समृद्ध नेपाल वनाउनका लागि समाजमा शान्ति सुरक्षाको महत्वपूर्ण भुमिका रहने भएकाले यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अर्को प्रसग जोड्दै लेटाङका पहाडी क्षेत्रमा विकास गर्नका लागि ठुलो आर्थीक चाहिने भएकाले सरकारलाई विशेष वजेटको व्यवस्थापन गरिदिन समेत आग्रह गर्नुभयो । उहाँले सरकारको लक्ष्यलाई पूरा गर्नका लागि सामान्य वजेटले सम्भव नहुने भनाई राख्नुभयो । पर्यटन र कृषीलाई मुल विषय वनाएर नगरपालिकाले काम गरिरहेको वताउदै विकासको काम धेरै नै गर्नुपर्नेभएकाले आर्थिक अभावकै कारण धेरै काम रोकिएको उहाँको भनाई थियो ।

उपप्रमुख कृष्णकुमारी निरौलाले समाजमा सवैखाले मानिसको वसोवास रहेकाले कुनै पनि वहानामा छरछिमेकमै झगडा पर्न सक्ने भन्दै मेलमिलापको माध्यमवाट अगाडी वढ्न आवश्यक रहेको वताउनुभयो । उहाँले पारपाचुकेका घट्ना वढिरहेको वताउदै त्यसप्रति समाजले नै सचेत रहनका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिप्रसाद चापागाँई , शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडा , वडा अध्यक्ष विष्णु मगर , लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लेटाङ नगरपालिका अन्तर्गत वडा नं. १ मा केन्द्र स्थापना गरे संगै नगरपालिकाका ९ वटै वडामा केन्द्रको स्थापना भएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ