लैंगिक हिंसा सम्बन्धी अन्तक्रिया

Letang Khabar शुक्रबार, मंसिर २८, २०७५

प्रशान्त निरौला
नगरस्तरिय लैंगिक हिंसा सम्बन्धी अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम लेटाङ नगरपालिकामा सम्पन्न भएको छ ।
बुधवार लेटाङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको पहिलो चरणमा सिविआरएसका नवनियुक्त कर्मचारीहरुको परिचय तथा उनिहरुले लिएको तालिमको प्रस्तुती गरिएको थियो । दोस्रो चरणको कार्यक्रममा लैंगिक हिंसाको सम्बन्धी छलफल गरिएको थियो । लेटाङ नगरपालिका प्रमुख शंकर राईले लैंगिक विभेदको विषय विश्वव्यापी रुपमा बहस पैरवी भईरहेको र यसमा नेपालले चर्को आवाज उठिरहेको वताउनुभयो । लिंगको आधारमा गरिने विभेद कुनै पनि हालतमा मान्य नहुने वताउनुभयो ।
लैगिक हिंसामुक्त नगर निर्माणका लागि आफुले कुनै कसर वाकीँ नरहने वताउनुभयो । हिंसा हुनुका कारणमा धेरै कारण मध्ये लागुऔषध तथा कुलतमा फसेका व्यक्तिहरु पनि एक रहेको उहाँले वताउनुभयो । उहाँले लागुऔषध नियन्त्रण गर्न जरुरी रहेको वताउनुभयो ।
व्यानरमा “न्यायपूर्ण सहिष्णु शान्ति तथा सम्मानजनक सहअस्तित्वका लैंगिक हिंसा रहित समतामुलक समाज निर्माण गर्न हामी प्रतिबद्ध छौ” भन्ने भनाई सहित लेटाङ नगरपालिका प्रमुख शंकर राई उपप्रमुख कृष्णकुमारी निरौला तथा प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चापागाँई लगायत उपस्थित सवैले व्यानरमा हस्ताक्षर गरेको थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ