नेपाली कांग्रेसका नेता लामाद्वारा पाँच एम्बुलेन्स सहयोग

Letang Khabar सोमबार, मंसिर २४, २०७५

चरिकोट, २४ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।

लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले त्यस्ता समस्या नभई बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताउनुभयो ।

उहाँले गत वर्ष पनि दोलखाको खारेमा एक एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेद्भाव नगरी सेवा दिन सबैलाई आग्रह गर्नुभयो । “यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस्” सांसद लामाले भन्नुभयो, “मेरा लागि दोलखावासी सबै समान हुन अझै थप पाँच एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु ।

उहाँले एम्बुलेन्स खरीदमा आफू सांसद भएपश्चात्को तलबभत्ता रकम खर्च गरेको बताउनुभयो । समाजसेवी एवं सांसद लामाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।रासस

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ