सुरक्षित यौन जीवनका लागि प्राकृतिक गर्भनिरोधक विधी

Letang Khabar बुधबार, मंसिर १९, २०७५

भनिन्छ, दम्पतीबीचको सक्रिय यौन जीवनले उनीहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । सक्रिय यौनले हृदयघातको जोखिम कम गर्नेदेखि डिप्रेसनबाट छुटकारा दिलाउनेसम्मको फाइदा बताइन्छ । यौन सम्पर्कलाई कसरी रोमान्चक र सक्रिय बनाउने भन्ने कुरा त सदियौंदेखि अभ्यास हुँदै आएको छ ।

दम्पतीले कति पटक यौन सम्पर्क स्थापित गर्ने रु यसबारे पनि विज्ञहरुले सुझाएका छन् । भनिन्छ, हप्तामा औसत तीन पटकसम्म यौन सम्पर्क गर्नु राम्रो हो । यद्यपी यौन सम्पर्क अघि दुबै मानसिक र शारीरिक रुपमा सक्रिय हुनुपर्छ । यौन सम्बन्धलाई रसिलो र रोमान्चक बनाउनका लागि प्राकक्रिडाले सघाउ पुर्‍याउँछ । प्राकक्रिडा भनेको यौन सम्पर्कपूर्व गरिने यस्तो अभ्यास हो, जसले दुबैलाई यौनका लागि समूचित ढंगले उक्साउँछ ।

यौन सम्बन्धबारे यावत् कुराको जानकारी लिइरहँदा एउटा जिज्ञासा मनमा जाग्छ, ‘यौन सम्पर्क गरिरहँदा गर्भनिरोधको उपाय कसरी अपनाउने ?

किनपनि यो जिज्ञासा उठ्छ भने, नियमित यौन सम्पर्क गर्दा गर्भ रहने संभावना हुन्छ । हुन त अहिले गर्भ निरोधका थुप्र्र्रै विकल्प छन् । गर्भनिरोधक चक्की लिनेदेखि कन्डोमसम्म । तर, यस्ता पद्दती अपनाउँदा त्यसको साइड इफेक्ट देखिन्छ । खासगरी गर्भनिरोधक चक्की, आकस्मिक गर्भनिरोधक जस्ता चक्कीले महिलाहरुको हर्मोनल गडबडी हुनेदेखि जटिल रोग लाग्नेसम्म भय रहन्छ ।

त्यसो भए के गर्ने त ?

यसको समाधान हो, प्राकृतिक गर्भनिरोधकको उपयोग । हुन त यो विधी अपनाउँदा निश्चित तालिका फलो गर्न सकिदैन । किनभने यो विधी मासिक स्रावको चक्रलाई आधार बनाएर अपनाउनुपर्ने हुन्छ ।

चक्की वा अन्य कृतिम विधीबाट गर्भनिरोध गर्नु खतरनाक हुनसक्छ । जबकी प्राकृतिक गर्भनिरोधक प्रभावकारी र दोषरहित हुन्छ । यसको कुनै साइड इफेक्ट रहँदैन । चीनमा भएको एक सोधलाई मान्ने हो भने, प्राकृतिक रुपले अपनाइएको गर्भनिरोधक प्रभावकारी हुने संभावना ९७ देखि १०० प्रतिशतसम्म हुन्छ । अतः यो पूर्णत सुरक्षित विधी पनि हो ।

स्तन क्यान्सरको जोखिम हुन्न 

केही अध्ययनलाई मान्ने हो भने गर्भनिरोधका लागि प्रयोग गरिने चक्की अत्याधिक मात्रामा प्रयोग गर्दा ब्रेस्ट क्यान्सर हुने संभावना रहन्छ । जबकी प्राकृतिक गर्भनिरोधकको प्रयोगले यस किसिमको कुनै खतरा हुँदैन । अर्थात ब्रेस्ट क्यान्सरको जोखिमबाट बँच्न सकिन्छ ।

यौन क्षमता

गर्भनिरोधक गोलीको प्रयोग गर्ने महिलाको यौन क्षमता पनि प्रभावित हुन्छ । उनीहरुमा यौन सम्बन्धप्रति रुची क्रमस घट्दै जान्छ । जबकी प्राकृतिक गर्भनिरोधकमा यस्तो समस्या हुँदैन । अर्थात प्राकृतिक विधी अपनाउँदा आफ्नो यौन क्षमता कायम रहन्छ ।

शरीर पनि स्वस्थ्य

अनिच्छित गर्भ नियन्त्रणका लागि चक्कीको प्रयोग गरिरहँदा त्यसले शरीरमा अनेकन समस्या ल्याउँछ । टाउको दुख्ने, अनिद्रा, अरुची । जबकी प्राकृतिक गर्भनिरोधक प्रयोग गर्दा त्यस्तो समस्या रहँदैन ।

हर्मोन सन्तुलित रहन्छ

प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्दा महिलाको शरीरमा हुने हर्मोनल परिवर्तनमा कुनै समस्या हुँदैन । जबकी गर्भनिरोधक चक्कीले मासिक स्रावसमेत प्रभावित हुन्छ ।

यो सजिलो विधी हो

प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्नु एकदम सजिलो हुन्छ । मासिक श्राव अघिको ओभ्युलेशन पिरियड ९महिनावरी सुरु हुनुभन्दा १० औदेखि १६ औ दिनको बीच० यौन सम्बन्ध बनाउनु हुँदैन । यस दिनबाहेक अरु कुनैपनि दिन यौन सम्बन्ध बनाउन सकिन्छ र अनिच्छित गर्भबाट बच्न सकिन्छ ।

भरपुर आनन्द उठाउनुहोस्

प्राकृतिक गर्भनिरोधकले हाम्रो यौन क्षमता घटाउँदैन, बरु बढाउँछ । अर्थात हामी यौन जीवनको भरपुर आनन्द लिन सक्छौ । यसको प्रयोगले पार्टनरलाई कुनै दुख पनि हुँदैन ।

खर्च हुँदैन

प्राकृतिक विधी अपनाउँदा खर्च हुँदैन । चक्की किन्नु परेन । जोखिम पनि हुँदैन । यसको अर्का फाइदा भनेको पार्टनरलाई अनिच्छित गर्भबाट जोगाउनु पनि हो । यसले पाटनरप्रति आफ्नो जिम्मेवारी पनि बोध गराउँछ । प्राकृतिक गर्भनिरोधक विधी अपनाउँदा दोस्रो पटक गर्भाधान गर्न कुनै समस्या हुँदैन

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ