शिक्षा शाखा प्रमुखको स्वागत कृषि शाखा प्रमुखको विदाई

Letang Khabar आइतबार, मंसिर १६, २०७५

लेटाङ १६ मंसिर । लेटाङ नगरपालिकामा सरुवा भएर आउनुभएका शिक्षा शाखा प्रमुख श्री दुर्गाप्रसाद खतिवडा लाई स्वागत गर्नुका साथै कृषी शाखा प्रमुख श्रीधर खनाललाई विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
शिक्षा मन्त्रालयमा उपसचिवमा कार्यरत खतिवडा लेटाङमा सरुवा भएर आउनुभएको हो भने कृषि शाखा प्रमुख खनाल पर्वत जिल्लाको कृषी ज्ञान केन्द्रमा कृषी अर्थ विज्ञको रुपमा जानुभएको हो । नगरपालिकाद्धारा आयोजना गरिएको कार्यक्रम नगरसभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाँई , वडा अध्यक्षहरु तथा नगरपालिकाका कर्मचारीहरुले स्वागत तथा विदाई गरेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ