ओछ्यान मै थलिएका लेटाङका डेनिसको कथा

Letang Khabar मंगलबार, मंसिर ११, २०७५

हरि कोइराला

लेटाङ (मोरङ) ११ मङ्सिर । न उनी भोक लाग्यो भन्न सक्छन् । न त शौच गर्न आफै सक्छन् । उनी आफन्तको साहारामा बाँचेका छन् । मोरङको लेटाङ ५ खेरुवाका डेनिस राईको जीवन देख्दा आङ सिरिङ हुन्छ , मन कुडिन्छ । कमलो मन भएकाहरू भक्कानिन्छन् ।
उनी ओछ्यानमा थलिएको ९ वर्ष भयो । जन्मदै मष्तिष्कमा पानी जम्ने समस्याबाट पीडित राई उपचार अभावका कारण अहिले झनै कष्टकर जीबन जीउन बाध्य छन् । डेनिस गर्भमा छँदै बुवा बेपत्ता भए ।

४ वर्षको छँदा बैदेशिक रोजगारका लागि मलेशिया गएकी आमा अझै फर्केकी छैनन् । आमा मलेशिया भासिएपछि उनको सम्पूर्ण हेरबिचार उनी मावली हजुरआमा काली राईले गरिरहेकी छिन् ।उनकी आमाको कहिले काँही फोन आउँछ । थोर बहुत खर्च पनि आउँछ । त्यो बाहेक अरु कुनै ममता डेनिसले पाएका छैनन । उनको न खुट्टा चल्छन, न त शरिर नै । देब्रे हात थोरै चल्छ ।त्यही हातले उनी आफ्नो भरोसालाई मादल झैं ताल निकालेर बजाइरहन्छ । सोमबार पनि आफू सुतेको बेन्चमा हातले टुङ् टुङ पारिरहेका थिए । उनी अरुले बोलेको सबै बुझ्छन् । मानिसका सम्बाद सुन्दा बेला बेला हाँस्छन् ।तर उनको मुखमा बोली आउँदैन ।
टाउकोमा पानी जमेकोले उनको टाउको औषद मानिसको भन्दा ठूलो छ । त्यसैले उनी टाउको घुमाउन पनि सक्दैन । सोमबार लेटाङ नगरपालिका र सीवीआर मोरङको संयुक्त आयोजनामा शारीरिक अपाङ्गता भएकाहरूलाई सहयोगी सामग्री वितरण गरिएको छ । सोही कार्यक्रममा डेनिस आफ्ना मामा जितन राईको साथमा सहयोगी सामग्री लिन आएका थिए । शारीरिक अपाङ्गता भएका ३३ जना मध्ये सबैभन्दा जटिल समस्या लिएर बाँचिरहेका डेनिसलाई नगर प्रमुख शंकर राईले बिशेष प्रकारको बस्ने कुर्सी वितरण गर्नुभयो ।
सहयोगी सामग्री वितरण कार्यक्रममा नगर प्रमुख राईले शारीरिक अपाङ्गता भएका ब्यक्तिहरूका लागि नगरपालिकाले सीपमुलक कार्यक्रमको आयोजना गर्ने बताउनु भयो । उहाँले दृष्टिबिहीन र बहिराहरूलाई पनि कार्यक्रममा सहभागि गराउन सीबीआरसँग आग्रह गर्नुभयो ।
लेटाङ नगरपालिका र सीवीआर मोरङको संयुक्त आयोजनामा सहयोगी सामग्री वितरण कार्यक्रमको आयोजना गरिएको हो । नगरले २ लाख र सीवीआरले २ लाख गरी कुल ४ लाखमा कार्यक्रम आयोजना भएको सीवीआर मोरङका प्रबन्धक रन्जना दाहालले बताउनु भयो ।सो अबसरमा नगरका ३३ जना शारीरिक रुपमा अपाङ्गता भएका ब्यक्तिलाई,ह्विल चियर,ट्राई साइकल,कृत्रिम खुट्टा, हात,जुत्ता लगायतका सामग्री वितरण गरिएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ