लागूऔषध सहित ३ पक्राउ

Letang Khabar आइतबार, मंसिर ०९, २०७५

सुनसरी, मंसिर ०९ गते । सुनसरीको धरान उपमहानगरपालिका ०८ तीनकुनेबाट प्रहरीले आईतवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

बिराटनगरबाट धरान तर्फ जाँदै गरेको को १ ख ४३६९ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार धनकुटा नगरपालिका ७ बस्ने बर्ष २७ को बिनोद बिशंखे, बर्ष २३ को निर्मल पौडेल र बर्ष १८ को सुन्दर भुजेललाई लागूऔषध डाईजल्याब, लुपिजेसिक र एभिल ४५ एम्पुल फेला पारी बरामद गरेको हो ।

लागूऔषध सहित बिहान ११ : ५० बजे पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ