लेटाङको वारंगीमा तक्मेले हँसाए , महेशले नचाए

Letang Khabar आइतबार, मंसिर ०९, २०७५

प्रशान्त निरौला
लेटाङ ९ मंसिर । शनिवार साँझ मोरङ वारंगीको चिसो मौषम एकाएक ताँतियो, जव स्टेजमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई तक्मे प्रमुख आकर्षकका रुपमा उक्लिए । वराह मेलाको अवसरमा दोस्रो वारंगी साँगीतिक कार्यक्रममा तक्मेले दर्शकलाई हाँसोको क्यापसुल खुवाए झै बनाए ।
हौ लाखे है , सेवारो है सेवारो भन्दा उपस्थित दर्शकदिर्घा तालि र हुटिङले माहौल झन तातियो । त्यसबेला दर्शकले पहाडको चिसो र सिरेटोको कुनै प्रवाह गरेनन् । तक्मे बुढा बनेर स्टेज उक्लिएका विल्सनले बिभिन्न किस्हाहरु सुनाएर हँसाएको हँसाए ।
‘सुन साईली साईली परदेश बाट म आउँला ४० कटेसी रमाउला , यो गीत कस्ले लेखेको हो, विल्सनले भने,‘ अनि छुट्टीमा आउँदा चाँहि म कहाँ सुत्नु । छुट्टी हुँदैन,रमाउनु परेन । दर्शकहरुमा हाँसोको फोहोरा छुटयो । उनले मोवाईलले नजिकको सम्बन्धहरु टाँढा र टाँढाका सम्बन्ध नजिक बनाएको भन्दै व्यङ्ग गरे । यि नजिकहरु हुनेहरु बोल्दैनन्, तर फेसबुक र फोनबाट टाँढा टाढाको खाना खायौ,लब भन्दै फोनमा झुण्डिन्छन् । उनले मायाले संसार थाम्दैन भन्दै माहौल झन आकर्षक बनाए । मायाले संसार थाम्ने भए बिहे गरेको एक महिनामा किन बिदेश जानु पर्थियो,उनले भने ।
तक्मे बुढाबाट स्टेजबाट विदा भएपछि उनी विल्सन बिक्रम बनेर आए, त्यसपछि उनले बिभिन्न हाँस्य खुराक पस्किए । बिभिन्न गीतमा आकर्षक नृत्य गरेर दर्शक दिर्घालाई भरपुर मनोरञ्जन दिलाए ।
कार्यक्रममा चर्चित लोकगायक महेश बुढाथोकीले पनि साँगीतिक माहौल तताए । उनले होस गर है सोल्टीनी, कति राम्रो बत्तिसै दन्त लगायत गीत पस्किएर दर्शक दिर्घालाई छमछमी नचाँए । उनको गीतमा कार्यक्रममा प्रमुख अतिथी साँसद उपेन्द्र घिमिरे लगायत छमछमी नचाएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि आकर्षक प्रस्तुपि रहेको थियो । कार्यक्रम संयोजक विष्णुकुमार लिम्बूले कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद प्रकट गरे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ